एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १४:३५:१५
१५ असोज, बागलुङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ ।
लेकाली जङ्गलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरूलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले रु १० लाख ५० हजारको निगुरो बिक्री गरिन् ।
पुर्जाले भनिन्, “वन उपभोक्ता समिति, सङ्कलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एक जनाले एक ‘सिजन’मा रु एक लाखभन्दा माथिको निगुरो बिक्री गर्छौँ ।” पुर्जाले मात्रै यस वर्ष रु आठ लाख ५० हजार र माया पुनले रु दुई लाख ५० हजारको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए । रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जङ्गलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङ बजार ल्याउने गरिएको छ । बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आएको छ । बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा रु ८० र खुद्रा प्रतिमुठा रु १०० मा बिक्री हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर
असोज १५, २०८१ मंगलबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
दशैँ अगाडी उखु र दूग्ध किसानको बक्यौता रकम भुक्तानी गर्न २ अर्ब निकासा
असोज ११, २०८१ शुक्रबार
सरकारले भन्यो, बाढी र पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति, पूर्ण विवरण आउन एक महिना लाग्ने
असोज १५, २०८१ मंगलबार
विपद्को समयमा खोज उद्धारको कार्यलाई प्रभावकारी बनाउन अभ्यास
असोज १५, २०८१ मंगलबार
बाढीले जगसहित पल्टाएको घर
असोज १५, २०८१ मंगलबार
सामान खरिद गरी फर्कदैं स्थानीय
असोज १५, २०८१ मंगलबार
अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता
असोज १५, २०८१ मंगलबार
जिल्ला अदालत काठमाडौंले दियो दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
असोज १५, २०८१ मंगलबार