अदालतले बोलाएपछि राहुल गान्धी दिनानुदिन मुस्किलमा !
इन्द्र रिजाल
बैशाख १९, २०७६ बिहिबार १८:५८:३७
काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी दिनानुदिन मुस्किलमा पर्दै गएका छन् । आफ्नो तीतो बोलीका कारण उनी समस्यामा परेका हुन् ।
अहमदावादको एक अदालतले भाजपा अध्यक्ष अमित शाहलाई ‘हत्याआरोपी’ भन्ने मामलामा गान्धीलाई बोलाएको हो ।भाजपा कार्यकर्ताले आपराधिक मानहानीको आरोप लगाउँदै गान्धीविरुद्ध उजुरी गरेपछि अदालतले राहुललाई बोलाएको हो ।
गान्धीले ६ जुलाइसम्म जवाफ दिए हुनेछ । गान्धीमाथि भारतीय दण्डसंहिताको धारा ५०० अनुसार आपराधिक मानहानीको मामला बनाइएको हो ।
भाजपाका स्थानीय पार्षद कृष्णवदन ब्रम्हाभट्टले आफ्नो उजुरीमा २३ अप्रिलमा मध्यप्रदेशको जबलपुरमा एक चुनावी र्यालीलाई सम्वोधन गर्दै गान्धीले भनेका थिए, ‘हत्यारोपी भाजपा प्रमुख अमित शाह, वाह ’ क्या शान छ ।’
चुनाव आयोगको पनि नोटिस
चुनाव आयोगले पनि राहुल गान्धीलाई नोटिस पठाएको छ । कथित टिप्पणीका लागि उनलाई आयोगले नोटिस पठाएको हो । उनले नरेन्द्र मोदी सरकारले एक नयाँ कानुन बनाएको र जसबाट आदिवासीमाथि गोली हानिन सक्ने बताएका थिए ।
२३ अप्रिलमा मध्यप्रदेशको शहडोलमा गान्धीले भाषणमा भनेको विषयलाई लिएर आदर्श आचारसंहिताको प्रावधान राजनीतिक विरोधीमाथि ‘असत्यापित’ आरोपमाथि रोक लगाउने उल्लेख छ ।
आयोगले गान्धीलाई बुधबार नोटिस दिँदै ४८ घण्टाभित्र जवाफ दिन भनेको छ । समयावधीभित्र नोटिश नदिए आयोग आफ्नो तर्फबाट कार्वाहीका लागि स्वतन्त्र हुने पनि बताइएको छ ।
भारतमा लोकसभा निर्वाचन भइरहँदा आरोप प्रत्यारोप चलिरहेको छ । गान्धीको नागरिकता र शैक्षिक योग्यता पनि विवादमा छ ।
गर्मीको छुट्टी भन्दा पहिले नागरिकता विवादमा सर्वोच्च अदालतले अर्को हप्ता सुनुवाई गर्न सक्ने आँकलन भारतीय संचार माध्यमहरुले गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार