पत्नी एलिनासहित विकल पौडेलविरुद्ध राजश्व अनुसन्धान विभागले हाल्यो पौने २ अर्बको मुद्दा
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १५:२९:४८
१५ असोज, काठमाडौं । राजश्व अनुसन्धान विभागले गैरकानुनी रूपमा विदेशी बैंकमा रकम जम्मा गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नी एलिनाविरुद्ध झण्डै २ अर्ब बराबर जरिवाना माग गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले जारी गरेको सूचनाअनुसार पौडेलले गैरकानुनी रूपमा विदेशी बैंकमा सो रकम जम्मा गरेको पुष्टि भएकोले विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दायर गरिएको हो । विभागले पौडेल तथा उनकी पत्नी एलिना बस्नेतसँग विदेशी विनिमय अपचलन कसुरमा करिब दुई अर्ब माग दाबी गरेको छ । विभागले पौडेलविरुद्ध बिगोको तीन गुना १ अर्ब ८३ त्रियासी करोड ३९ लाख ६३ हजार ४ सय ५९ रुपैयाँ माग दाबी लिन भनेको छ ।
विदेशी मुद्रा अपचलन गरेको पुष्टि भएको आधारमा ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ २० पैसा बिगो कायम हुन आएको र विदेशी विनिमय (नियमित) गर्ने ऐन २०१९ को दफा १७ बमोजिम ३ गुनाले उक्त माग दाबी लिई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
यसअघि अख्तियारको अनुसन्धानले नै पौडेलले नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशी बैंकमा खाता खोलेको, घुस र कमिसनवापतको रकम सोही खातामा जम्मा गर्न लगाउने र श्रीमतीको नाममा पठाउने गरेको फेला पारेको थियो। अख्तियारले थप अनुसन्धान गर्न विभागमा पत्राचार गरेको थियो । श्रीमती एलिना बस्नेत पनि विकल पौडेलको अवैध कारोबारमा संलग्न देखिएकोले उनका नाममा १ करोड ५२ लाख ७० हजार रूपैयाँ बिगो कायम गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार