वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १५:५२:५५
१५ असोज, पर्सा । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ ।
गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड २९ लाख १० हजारको रु तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताए । चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ ।
चालु आवको भदौ मसान्तसम्ममा रु २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ । गत आवको सोही अवधिमा रु २६ करोड पाँच लाख २७ हजारको २२ लाख तीन हजार नौ सय किलो चामल तथा कनिका आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो ।
चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ । भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ । गत आवको सोही अवधिमा रु ६७ करोड ९७ लाख ६२ हजारको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९ दशमलव ५५ प्रतिशतले घटेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट
असोज १४, २०८१ सोमबार
दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
असोज ११, २०८१ शुक्रबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनित
असोज १६, २०८१ बुधबार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो
असोज १६, २०८१ बुधबार
अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदित
असोज १६, २०८१ बुधबार
छविलाल जोशीलाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, बन्दीप्रत्यक्षीकरणको रिट खारेज
असोज १६, २०८१ बुधबार