एक्सनले भरिपूर्ण फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १५:५७:५७
१५ असोज, काठमाडौं । यही असोज २४ गते फूलपातीदेखि प्रदर्शनको तयारीमा रहेको अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक ट्रेलर एक्सनले भरिपूर्ण रहेको छ ।
सुपरस्टार विराज भट्ट र यही फिल्मबाट डेब्यु गरेका उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
१२ गाउँ भन्ने ठाउँमा वर्चश्व जमाएर बसेको एक अत्याचारी पात्र (मुरलीधर) को साम्राज्य ध्वस्त पार्न विराज र समीरले गरेको संघर्षको कथावस्तुमा फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
फिल्ममा विराजलाई बाघको रुपमा चित्रित गरिएको छ । विराज र समीर पहिलो पटक एकसाथ देखिएकाले दर्शकमा ‘१२ गाउँ’ को प्रतिक्षित फिल्म बनेको छ । फिल्ममा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर (इकु), भिष्म जोशी, स्टन्ट सिल्भा लगायतको पनि अभिनय छ ।
फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् । उनले साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘सानो संसार’ पुन प्रदर्शन गरिने
असोज १५, २०८१ मंगलबार
'पूर्ण बहादुरको सारङ्गी' ले भिडियो प्रतियोगिता गर्दै, विजेताले ५० हजार पाउने
असोज १४, २०८१ सोमबार
चलचित्र ‘एक्टर : टेक वन’को टिजर सार्वजनिक
असोज १३, २०८१ आइतबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार