कांग्रेस संसदीय दलमा गृहमन्त्रीः ८ टोली ८ जिल्ला पठाइएको छ, प्रहरीले काम गरेन भन्ने कुरा सत्य होइन
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १६:२:२
१५ असोज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराउँदै उद्धारमा प्रहरीले सहयोग गरेन भन्ने आरोप गलत भएको बताए ।
उनका अनुसार सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको छ । सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानी आवास बनाउने व्यवस्था मिलाइएको उनले बताए । क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए ।
गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर आजै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको जानकारी दिए । यातायात संचालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको बताउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सडक संचालनका लागि काम गरिरहेको जानकारी दिए । गृहमन्त्री लेखकका अनुसार नख्खु खोलमा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो ।
सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको भन्दै उनले त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उठाउने भिजिविलिटी नभएको मलाई जानकारी आएको बताए । एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो । प्रहरीले सहयोग नगरेको भन्ने होइन, उनले भने, चार हजार भन्दा बढीको सरकारले उद्धार गरेको छ । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन । सरकारबाट अहिले पनि राहत र उद्धारको काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा
असोज २८, २०८१ सोमबार
नीजी कम्पनीको खर्चमा परराष्ट्रका एक दर्जन कर्मचारी यूरोप भ्रमणमा
असोज २८, २०८१ सोमबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए
असोज २८, २०८१ सोमबार
पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला
असोज २८, २०८१ सोमबार
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
भक्तपुरमा दुई दिने नेपालभाषा साहित्य सम्मेलन सुरु
असोज २८, २०८१ सोमबार
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार