अनुमानभन्दा ठूलो विपद आएकाले सरकारले गरेको पूर्वतयारी पर्याप्त भएनः प्रधानमन्त्री
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १७:३१:२४
१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पूर्व तयारीमा कमजोरी देखिएको बताएका छन् । उनले अनुमानभन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको बताएका छन् । आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता प्रधानमन्त्रीले गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरे । उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताए ।
उनले भने, ‘यो सरकारको मात्रै होइन, सिंगो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ । कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीन रुपमा सबल संरचना बनाइनेछ ।’
प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे । उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताए ।
धितो पत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा नियुक्तिको प्रक्रिया सुरु भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न आफूले आग्रह गरेको र आफूलाई कुनै पनि नियुक्तिवापत् कुनै लाभ लिनु आवश्यक नभएको स्पष्ट पारे ।
उनले सरकारको सचेतताकै कारण चार हजारभन्दा बढी मानिसलाई उद्धार गरेको भन्दै सरकारले नगरेको भए उनीहरू बाँच्न गाह्रो हुने बताए । ‘यो कुरा पनि हामीले देख्नुपर्छ । केही गर्दै नगरेको होइन सक्दो गरेको छ । यद्यपि आगामी दिनमा कमी कमजोरी हुन दिनुहुँदैन’, प्रधानमन्त्रीको भनाइ छ । उनले संरचनागत त्रुटिका कारण पनि क्षति बढी हुन पुगेको भन्दै आगामी दिनमा त्यसबारे सबैले सोच्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
मंसिर २६, २०८१ बुधबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार