उद्धार र राहतसँगै अवरुद्ध सडक तत्काल सुचारु गर्न सरकारसँग कांग्रेसको माग
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार २०:२७:३५
१५ असोज, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडक मार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ । मंगलवार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजि गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन् ।
कांग्रेसले प्राकृतिक प्रकोपको कारणबाट वीपी राजमार्ग,सडक, पुलहरू भत्किएको भन्दै खोजि, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको छ ।दशैँ-तिहार जस्ता चाडपर्वहरू नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको घिमिरेले बताए ।
बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरू खानेपानी, विद्यालय, विद्युत लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको जानकारी दिएका छन् । कांग्रेसले विपद्मा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै हवाई र सवारी साधनको भाडादरलाई सरकारले नियन्त्रण गरी साविककै भाडादरलाई कायम गरी यात्रा गर्ने वातावरण मिलाउन कांग्रेसले सरकारसँग माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा
असोज २८, २०८१ सोमबार
नीजी कम्पनीको खर्चमा परराष्ट्रका एक दर्जन कर्मचारी यूरोप भ्रमणमा
असोज २८, २०८१ सोमबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए
असोज २८, २०८१ सोमबार
पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला
असोज २८, २०८१ सोमबार
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
भक्तपुरमा दुई दिने नेपालभाषा साहित्य सम्मेलन सुरु
असोज २८, २०८१ सोमबार
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार