सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार २१:४३:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/pradip-yadav_21kyo3YwoQ_xz0VgzkP7N.jpeg)
१५ असोज, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीबाट ललितपुरको सैँबुमा ल्याइने सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन दिएका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सिस्नेरी खानेपानी आयोजनाको अध्ययनसम्बन्धी हालसम्मको प्रगति प्रस्तुति कारण तथा छलफलबारे आज आयोजना गरेको कार्यक्रममा उनले सिस्नेरी खानेपानी आयोजनाका काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिए।
मन्त्री यादवले भने, “उपत्यकावासीका १२ महिना पानी खान पाउने सपना पूरा हुन सकेका छैनन्, अब हामीले सिस्नेरीको पानी उपत्यकामा पुर्याएर यहाँका जनताको सपना सकार गर्नु आवश्यक छ, सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउनुहोस् ।” उनले सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्रालयको पूर्ण सहयोग रहने आश्वासन समेत दिए ।
मन्त्री यादवले भने, “तपाईंहरू सिस्ने खोपानी आयोजनाका बाँकी गर्नुपर्ने काम अगाडि बढाउनुस्, मन्त्रालयको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुन्छ ।” काठमाडौँमा पानीको निकै अभाव हुँदै गएको र मेलम्चीको पानी यहाँका जनतालाई पुर्याउन नसकेको बताउँदै उनले भने, “विभिन्न समस्याका कारण हामीलाई काठमाडौँ उपत्यकाका नागरिकलाई पानी उपलब्ध गराउन निकै समस्या हुँदै आएको छ, यो बेलामा हामीले सबै कुराको आट गरेर जनतालाई पानी दिन सक्नुपर्छ ।”
राज्यले नागरिकका हकमा दीर्घकालीन खानेपानीका योजना बनाउनसक्ने भएकाले खानेपानीका आयोजनाका विषयमा आउने नकारात्मक टीकाटिप्पणीका बारेमा कुनै प्रवाह नगरी आफ्नो काममा निरन्तर लागिपर्न मन्त्री यादवले आज कर्मचारीलाई निर्देशन दिए । उपत्यकाबाट करिब १९ किमी दूरीमा रहेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा बाँध बनाइ कोगटे खोलाको पानी समेतलाई जम्मा गरी पम्पका माध्यमबाट पानी प्रशोधन केन्द्रसम्म पुर्याउने काम अन्तिम चरणमा रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशन सञ्जिवविक्रम राणाले जानकारी दिए।
राणाका अनुसार सिस्नेरी खानेपानी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन इआइएको स्कोपिङ कागजात तथा टिओआर, वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको छ । पाइपलाइन, पानी प्रशोधन केन्द्र, सम्भावित बाँध निर्माणस्थल, पम्प स्टेसन, इन्टेक आदिका लागि टोपोग्राफिकल सर्भे, ड्रोन सर्भे, हाइड्रो मेट्रोलोजिकल सर्भे, जियो–प्राविधिक सर्भे, भौगर्भिक अनुसन्धान सर्भे, पहुँचमार्ग सर्भे, इलेक्टिसिटी पावर सर्भे सकिएको छ ।
बाँध निर्माणका लागि आवश्यक विस्तृत अध्ययन गर्न बाँधको ‘टिओआर’ तथा लागत ‘इष्टिमेट’ तयार गरिएको छ भने आयोजनाको वातावरणीय असर अध्ययन (इआइए) का लागि ‘टिओआर’ तथा लागत ‘इष्टिमेट’ प्राप्त भएको र यस आर्थिक वर्षभित्र परामर्शदाता छनोट प्रक्रिया अघि बढाउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार