बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार २२:१६:३६
१५ असोज, काठमाडौं । नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका एक सय ९४ स्थानबाट अन्य सुरक्षा निकायसँगको सहयोग, समन्वय र सहकार्यमा नौ सय ८९ जनाको सकुशल उद्धार गरेको छ । सेनाले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्युठान, पाल्पा, तनहुँ, बारा, रौतहट, सुनसरी, धनकुटा, तेह्रथुम, पाँचथर, उदयपुर र झापालगायत जिल्लामा खोज तथा उद्धार गरेको जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, यसअवधिमा करिब चार हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यसक्रममा ९६ वटा शव फेलापारी आवश्यक व्यवस्थापन गरेको छ । सेनाले हेलिकप्टरमार्फत सात सय ५१ जनाको उद्धार गरिएको तथा १४ वटा शव सम्बन्धित स्थानमा पुर्याइएको जानकारी दिएको छ ।
हवाई साधनमार्फत सेनाले सात हजार ५३ केजी राहत सामग्री र एक हजार चार सय ५० लिटर डिजेल ढुवानी गरेको पनि निर्देशनालयले जनाएको छ । बाढी, पहिरो प्रभावित विभिन्न स्थानमा स्थानीयस्तरमा रहेका स्वास्थ्यकर्मी तथा केन्द्रीयस्तरबाट स्वास्थ्यकर्मी खटाइ प्राथमिक स्वास्थ्य उपचार प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली घुमुवा प्रहरी लागुऔषधसहित पक्राउ
असोज २८, २०८१ सोमबार
बर्दियामा भारतीय वन रक्षकबाट गोली प्रहार हुँदा चार नेपाली घाइते, एकको अवस्था गम्भीर
असोज २८, २०८१ सोमबार
बढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ
असोज १८, २०८१ शुक्रबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए
असोज २८, २०८१ सोमबार
पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला
असोज २८, २०८१ सोमबार
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
भक्तपुरमा दुई दिने नेपालभाषा साहित्य सम्मेलन सुरु
असोज २८, २०८१ सोमबार
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार