नेपालले आज ओमानसँग खेल्दै
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार ९:२५:४२
१६ असोज, काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित बभएको नेपाल, दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो ।
नेपालको यस सिरिजमा यो अन्तिम खेल हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ । नेपाल र ओमानबीच अहिलेसम्म कुल ७ टी-२० खेल भएका छन्, जसमा नेपालले ४ र ओमानले ३ खेल जितेका छन् ।
क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाललाई रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला भलिबल लिगमा ललितपुरको लगातार दोस्रो जित
असोज १६, २०८१ बुधबार
स्पेनका लिजेण्ड खेलाडी इनेस्टाले ४० बर्षमा लिए फुटबलबाट सन्यास
असोज १६, २०८१ बुधबार
पिएसजीमाथि आर्सनलको शानदार जित
असोज १६, २०८१ बुधबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
इजरायलमाथि इरानको आक्रमण : तेहरानमा खुशी मनाइयो
असोज १६, २०८१ बुधबार
प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ
असोज १६, २०८१ बुधबार
कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण
असोज १६, २०८१ बुधबार
विश्व बैंकले भन्यो, चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ५.१ प्रतिशत पुग्छ
असोज १६, २०८१ बुधबार
बाबर आजमले दिए कप्तानीबाट राजीनामा
असोज १६, २०८१ बुधबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार