बाग्मती करिडोरमा हिलो र धुलो
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार ११:३३:२
१६ असोज, ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार बाग्मती नदीमा आएको बाढीका कारण बाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुरको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ ।
सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण बाग्मती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । वाग्मती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् ।
वैकल्पिक यात्रा गर्ने बाग्मती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताए । उनले भने, “जताततै हिलो छ, पुलमुनिको खाल्डोमा लेदोसहितको पानी भरिएकाले सवारी जाम हुने गरेको छ ।”
अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले बाग्मती करिडोरको व्यवस्थापन गर्नुपर्ने ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउँछन् । उनी भन्छन्, “वाग्मती करिडोर बाढीले डुबानमा परेको छ । मन्दिर, पाटी, आर्यघाटमा बाढीले ठूलो क्षति भएको छ । यसको व्यवस्थापनमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सक्रिय हुनुपर्छ ।”
त्यसैगरी अर्का मोटरसाइकलयात्री विनोद थापाले पनि हिलो र धुलोको कारण वाग्मती करिडोरको यात्रा असहज हुने गरेको बताए। उनले भने, “जिम्मेवार निकायले व्यवस्थापनमा छिटो पहल गरे ठूलो कुरो होइन, व्यवस्थापनमा नजुटेका कारण हालसम्म करिडोरमा हिलो छ ।”
अहिले बाग्मती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन् । बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन् । सरकारको जिम्मेवार निकायसँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलमाथि इरानको आक्रमण : तेहरानमा खुशी मनाइयो
असोज १६, २०८१ बुधबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
इरानको इजरायलमाथि हमलापछि कच्चा तेलको मूल्य बढ्यो
असोज १६, २०८१ बुधबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
पत्नी एलिनासहित विकल पौडेलविरुद्ध राजश्व अनुसन्धान विभागले हाल्यो पौने २ अर्बको मुद्दा
असोज १५, २०८१ मंगलबार
प्राविधिक टोली लिएर अति प्रभावित ८ जिल्लामा खटिए गृहको कार्यदलका संयोजकहरु
असोज १६, २०८१ बुधबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
असोज १६, २०८१ बुधबार
सात वर्षदेखि थन्किएका मोबाइल भ्यान निकालेर बजार अनुगमनमा लाग्यो विभागको टोली
असोज १६, २०८१ बुधबार
देवघाटधाममा पितृहरूको सम्झनामा श्राद्ध गरिँदै
असोज १६, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
असोज १६, २०८१ बुधबार
चरिचरणमा रहेका घोडा
असोज १६, २०८१ बुधबार