निर्धारित समयमा सडक नबन्दा स्थानीयलाई सास्ती
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १२:४२:३५
१६ असोज, नेपालगञ्ज । बाँकेको हुलाकी राजमार्गअन्तर्गत कम्दीस्थित राप्ती नदी नजिकको सडक निर्धारित समयमा निर्माण नहुँदा स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको छ ।
कम्दी मिलनचोकदेखि राप्ती पुलसम्मको करिब एक किलोमिटर सडक जीर्ण भएकाले आवतजावत गर्न अप्ठेरो भएको स्थानीय बताउँछन् । सडक समयमा नबनेका कारण स्थानीयले सास्ती खेप्नुपरेको कम्दीका भोला गुप्ता बताउँछन् ।
ठेक्का लिएको कम्पनीले सडक निर्धारित समयमा निर्माण नगर्दा वर्षाको समयमा सबैभन्दा बढी सास्ती झेल्नुपरेको उल्लेख गर्दै उनले सडक निर्माणको काम समयमा नहुँदा त्यस आसपासका स्थानीय बासिन्दा बढी प्रभावित भएको बताए ।
“वर्षाको समयमा आवतजावत गर्न निकै कठिन भएको छ”, उनले भने । हुलाकी राजमार्गअन्तर्गत मिलन चोकदेखि राप्ती पुलसम्मको सो सडक निर्माणका लागि विगत लामो समयदेखि स्थानीय र जनप्रतिनिधिले माग गर्दै आएका थिए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सडक जीर्ण भएका कारण सवारी साधन आवतजावत गर्न अप्ठेरो भएको र दुर्घटनाको जोखिम भएको उल्लेख गर्दै सात दिनभित्र सो सडक निर्माण नगरे हुलाकी सडकमा नै अनशन बस्ने चेतावनी दिएको छ । उनले शीघ्र सडक निर्माणका लागि पटकपटक गरिएको आग्रहको बेवास्ता भएको जनाउँदै सात दिनभित्र सडक निर्माणको काम पूरा गर्न अनुरोध गरे । “जीर्ण सडकको अवस्थाका कारण गाउँबाट अस्पताल उपचारमा गइरहेकी गर्भवतीलाई चोट लागेको छ”, उनले भने ।
हुलाकी राजमार्ग निर्देशनालय नेपालगञ्जका प्रमुख लीला भण्डारीले उक्त सडकलाई ग्राभेल गरी यात्रुलाई ओहोरदोहोर गर्न सहज बनाउनका लागि काम भइरहेको जानकारी दिए । सडक डिभिजन कार्यालयका प्रमुख नरेन्द्र भट्टले राप्ती पुलको छेउमा हुलाकी सडक जीर्ण बनेपछि स्थानीयले सास्ती खेप्नुपरेको स्वीकार गर्दै राप्ती नदीको पूर्वी खण्डमा पर्ने निर्माणाधीन पुलको निर्माणका लागि ठेक्का पाएको लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्स्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण सडक निर्माण हुन नसकेको जानकारी दिए ।
हुलाकी राजमार्ग निर्देशनालयसँग समन्वय गरी तीन दिनभित्र सो सडकको निर्माण गरिने उनको भनाइ छ । सो सडकबाट राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका स्थानीय आवतजावत गर्ने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिलान्यासको सत्र वर्षपछि कालोपत्रको काम सुरु
माघ १५, २०८१ मंगलबार
बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति हुँदै, प्रधानमन्त्रीले आज शिलान्यास गर्दै
माघ ११, २०८१ शुक्रबार
थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार