कृषिमन्त्री अधिकारी भन्छन्, बाढी र पहिरोले ५८ हजार ४७६ हेक्टरमा लगाएको धान वाली नष्ट भयो
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १३:२२:११
१६ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बाढी, पहिरो र डुुवानका कारण ५८ हजार ४७६ हेक्टरको धान वाली नष्ट भएको बताएका छन् । उनले पछिल्लो बाडी पहिरोको कारण करिब ६ अर्बको अन्नबालीमा नोक्सानी पुगेको बताएका छन् ।
कृषि समितिको आज बसेको बैठकमा उनले बाढीले कृषकलाई ठुलो क्षति पुर्याएको जानकारी दिए । नोक्सानी भएका किसानहरू पीडाले रोइरहेको र दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको बताए । पीडित किसानलाई कसरी राहत दिने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । यसमा सहयोग गर्न दातृसंस्थासँग अनुरोध गरिएको उनले जानकारी दिए ।
उनले ५८ हजार ४७६ हेक्टर धान वाली नष्ट भई ३ अर्ब ५० करोड बरावरको क्षति भएको बताए । सो क्षति सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेबाट सङ्कलन गरिएको छ । यस्तै, १३ सय हेक्टर अलैची नष्ट भई ७० करोड रुपैयाँ बरावरको क्षति भएको छ ।
धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साका ४५८ हेक्टर माछापोखरीको १ अर्ब १३ करोड रुपैयाँको क्षति भएको छ । यस्तै, पाँचथर, धनकुटा, तेह्रथुममा २४ पशु गोठमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । बाढी पहिरोमा परी २६ हजार २०५ पशुपन्छी मृत्यु भएको छ । बाढी पहिरोका कारणले कृषि मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनाको १६ करोड बराबरको क्षति भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार