२६ अंकले घटेर २५९७ अंकमा झर्यो नेप्से परिसूचक, ६ अर्ब ७७ करोडको शेयर खरिदबिक्री
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १५:३३:४९
१६ असोज, काठमाडौं । बुधबार नेप्से परिसूचक २६ अंकको घटेको छ । आज नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा रोकिएको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६.०७ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५९७ अंकमा कायम भयो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७७ करोडमै सीमित भयो ।
आज ३१० कम्पनीको कारोबार हुँदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज नेशनल फाइनान्सको सबै भन्दा बढी २० करोड ७१ लाख ५५ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ७ लाख ९ हजार ८६७ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, गुडविल फाइनान्स, नेपाल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार