अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ घाइते
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १५:४४:३८
१६ असोज, काबुल । अफगानिस्तानमा भारी वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारीले मङ्गलबार बताएका छन् ।
विगत दश दिनदेखि परेको भारी वर्षाले गजनी, लघमान, नङगरहार, फराह, पक्तिया, बदघिस, हेरात र दयाकुन्डी प्रान्तमा आकस्मिक बाढी ल्याएको राष्ट्रिय विपद् व्यवस्थापनका प्रवक्ता मुल्लाह जनान स्याकले बताएको छ ।
स्याकका अनुसार बाढीले अन्य प्रान्तहरूमा पनि ठुलो मात्रामा सम्पत्ति क्षति पुर्याउदा १०९ वटा आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् भने लगभग ६५० हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।
गत मे देखि परेको निरन्तरको वर्षाले गर्दा भएका दुर्घटनाहरूमा ४०० भन्दा बढीको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन्, भने गम्भीर आर्थिक क्षति भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी
असोज १६, २०८१ बुधबार
म्यानमामा बढ्दो द्वन्द्वकाबीच जनगणना, विरोध जारी
असोज १६, २०८१ बुधबार
भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
असोज १६, २०८१ बुधबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
इरानको इजरायलमाथि हमलापछि कच्चा तेलको मूल्य बढ्यो
असोज १६, २०८१ बुधबार
अविरल बर्षापछि बीपी राजमार्ग सुनसान ( फोटो फिचर )
असोज १५, २०८१ मंगलबार
संसदीय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
असोज १६, २०८१ बुधबार
आज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
झ्याप्ले खोलामा झरेको पहिरो
असोज १६, २०८१ बुधबार
होटलमा जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ
असोज १६, २०८१ बुधबार
पाँच हजार आठ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो
असोज १६, २०८१ बुधबार