ललितपुरको गुसिङगलमा दुर्गाको मूर्ति बनाउन व्यस्त कलिगण [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १६:८:७
१६ असोज, काठमाडौं । दशैं नजिकिएसँगै ललितपुरको गुसिङगलमा दुर्गाको मूर्ति बनाउन व्यस्त देखिन्छ ५८ वर्षीय बिकाउ पण्डित, उनीसँगै काम गर्ने अन्य कलिगण पनि व्यस्त छन् । ४१ वर्ष देखि मूर्ति बनाउन थालेका पण्डित अहिले पनि उस्तै फुर्तीका साथ काम गरी रहेको देखिन्छ ।
दशैमा दुर्गा, गणेश, कुमार र सरस्वतीको पूजा गर्ने प्रचलन रहेको हुनाले विभिन्न ठाउँबाट आएका अर्डरका मूर्ति बनाउन उनी सँगै अन्य कालिगणहरु व्यस्त छन् । घटस्थापनाको दिनदेखि नौ रातसम्म देवी दुर्गा भगवतीको विभिन्न स्वरूपको पूजा आराधना गरिने हुँदा उनीहरू निकै व्यस्त देखिन्छ । दशैंको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन जताततै बढेको कारण हाम्रो काम पनि बढेको पण्डित बताउँछन् ।
मूर्तिको आकार र सेट अनुसार जसमा (दुर्गा, गणेश, कुमार र सरस्वती) मूर्ति हुने मूल्य चाहिँ ६० हजार देखि ७० हजार सम्म बिक्री हुने पण्डित बताउँछ ।
घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा आँखाबाट पट्टी खोल्ने काम हुन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ । त्यसपछि दशमीको दिन दुर्गा भवानीको मूर्तिलाई नजिकैको नदीमा लगेर विसर्जन गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार