महानिर्देशक अधिकारीमाथि अनुसन्धान जारीरहेकै बेला नागरिक उड्डयन कार्यालयमा अख्तियारको छापा
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १६:१५:४३
१६ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि छानविन चलिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा छापा मारेर केही कागजातहरू बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट महत्वपूर्ण कागजात लिएको छ ।
प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको अख्तियारको टोलीले बुधबार छापा मारेको हो । विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणका क्रममा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियो ।
सोही उजुरीको अनुसन्धानको सिलसिलामा आवश्यक कागजात उपलब्ध नगराएपछि छापा मारेको अख्तियार स्रोतको भनाइ छ । अनियमिततामा संलग्न भएको आशंकामा अख्तियारले यसअघिबाटै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अनुसन्धान गरिरहेको छ ।
अख्तियारले क्यान र क्यानको सिनामंगलस्थित कार्यालयमा छापा मारेको हो । अख्तियारको टोली बिहान १० बजे नै क्यानको कार्यालय पुगेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले पनि क्यानका महानिर्देशक प्रदीप अधिकारीलगायत पदाधिकारीमाथि छानबिन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा
पुष १५, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार