इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १६:३४:२
१६ असोज, काठमाडौं । भारतीय विदेश मन्त्रालयले इरानका लागि भारतीय नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको एडभाइजरीमा भारतीय नागरिकहरूलाई इरानको गैर(आवश्यक यात्रा नगर्न सल्लाह दिइएको छ । हाल इरानमा रहेकाहरूलाई सतर्क रहन र तेहरानमा रहेको भारतीय दूतावाससँग सम्पर्कमा रहन अनुरोध गरिएको छ ।
परराष्ट्र मन्त्रालयले पश्चिम एसियाका सम्बन्धमा पनि एडभाइजरी जारी गरेको छ । यसमा भारत सरकार पश्चिम एसियाको सुरक्षा अवस्थाप्रति चिन्तित रहेको उल्लेख गरिएको छ । यसमा नागरिकको सुरक्षाका लागि संयम अपनाउन अपिल गरिएको छ । साथै वार्ता र कूटनीतिबाट सबै समस्या समाधान गर्न आह्वान गरिएको छ ।
मंगलबार इजरायलस्थित भारतीय दूतावासले पनि भारतीय नागरिकका लागि एडभाइजरी जारी गरेको थियो । जसमा इजरायलमा बस्ने भारतीयहरूलाई सतर्क रहन र सुरक्षा सम्बन्धी प्रोटोकलहरू पालना गर्न भनिएको थियो । मंगलबार राति इरानले इजरायलमा करिब २०० मिसाइल आक्रमण गरेपछि यो एडभाइजरी जारी गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार