संसदीय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १७:२१:१
१६ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ । बुधवार बसेको समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो ।
आज भएको सुनुवाइमा राउतले न्याय परिषद् नियमावली संशोधनलाई लिएर भइरहेको विवादको वैधानिक निकास दिने बताएका थिए । न्याय परिषद् नियमावलीमा २०८० असोज १ मा गरिएको संशोधनलाई लिएर नेपाल बार एसोसिएसन विरोधमा उत्रिएको छ । यसबारे उनले मिलाएर लाने बताएका थिए ।
नियमावलीमा गरिएको संशोधनअनुसार न्यायाधीश सिफारिस गरेको विरोधमा बोलेपछि बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतले अवहेलनाको मुद्दा अगाडि बढाएको छ ।
समितिमा सांसदहरूले न्याय परिषद् नियमावली संशोधन र त्यसले ल्याएको बार र बेन्च बीचको विवादको प्रश्न उठाएका थिए । प्रधानन्यायाधीश प्रस्तावित राउतको बुधबार भएको सुनुवाइमा सत्ता र प्रतिपक्षका सांसदहरूले न्याय परिषद् नियमावली विवाद समाधान गरी बार र बेन्च बीचको सम्बन्ध सुधार्ने के कार्ययोजना छ ? भनी सोधेका थिए ।
जवाफमा राउतले न्याय, परिषद् नियमावलीको मुख्य रजिस्ट्रार र रजिस्ट्रार न्यायाधीश सिफारिस हुँदा कुन मर्यादा क्रममा रहने भन्ने विषयमा मात्रै रहेको जानकारी दिए । उनीहरूलाई न्यायाधीश नियुक्त गर्दा मर्यादाक्रम के हुने भन्ने अभ्यासका आधारमा चलेको भए पनि हुने उनको भनाइ थियो । नियमावलीलाई गत वर्ष असोज १ मा संशोधन गरी न्यायाधीशहरूको वरिष्ठताको रोलक्रम परिवर्तन गरिएको थियो ।
त्यसमा मुख्य रजिस्ट्रारको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीश नियुक्त व्यक्ति मुख्य न्यायाधीशपछि र न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीश नियुक्त व्यक्ति निज विशिष्ट श्रेणीको पदमा नियुक्ति भएको मितिभन्दा पछि उच्चको न्यायाधीशमा नियुक्त व्यक्तिभन्दा अगाडि रहने व्यवस्था छ । उनले न्यायालयमा सुधार गरेर लाने बताएका थिए ।
उदयपुर घर भएका राउत कानुन व्यवसायी पृष्ठभूमिका हन् । उनी ०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए । संवैधानिक परिषद्को गत भदौ ३१ मा प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
कस्तो रहला आज देशभरको मौसम ?
माघ २०, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ २०, २०८१ आइतबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार