मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार २०:४५:५३
१६ असोज, जनकपुर । मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेकोे बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही रु एक लाखका दरले राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त राहत दिनेबारे आज घोषणा गरेका हुन् ।
मुख्यमन्त्री सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । उनले बर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनःस्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री सिंहले विपद्का बेला मधेस प्रदेशमा खोज, उद्धार एवं तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद समेत दिए । उनले यसअघि बाढीबाट प्रभावित गाउँबस्तीमा पुनःस्थापनाका काम गर्न स्थानीय तह र विभिन्न स्थानीय तहलाई कार्य क्षेत्र बनाइ काम गर्दै आएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थासँग आग्रह गरेका थिए।
बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका क्षतिका विषयमा विवरण सङ्कलन भइरहेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले त्यसअनुरूप राहत तथा पुनःस्थापना कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनजिकिँदो पर्वलाई लक्षित गरी छुट मूल्यमा चामल बिक्री सुरु
असोज १६, २०८१ बुधबार
बाढीबाट मधेसमा पाँच अर्ब बढीको क्षति
असोज १६, २०८१ बुधबार
तेसो दिन खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती
असोज १४, २०८१ सोमबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार