अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार २३:५३:६
१६ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा दोहोर्याएर छापा हानेको छ । क्यानका महानिर्देशक प्रदीप अधिकारीले सबै कागजात अख्तियारलाई बुझाउन आनाकानी गरेपछि दोहोर्याएर छापा हानेको हो । ‘बुधबार अख्तियारले सबै कागजापत्र लिएर गएको छ, पोखरा, भैरहवा विमानस्थलका सबै कागजात लिएका गएको छ । त्यतिमात्र होइन क्यानको नयाँ भवन निर्माणको विवरण पनि लिएर गएको छ’, क्यानका एक कर्मचारीले भने ।
पोखरा विमानस्थलको कागाजात अख्तियारको क्षेत्रीय कार्यालय पोखराबाटै लिएको थियो । गत वर्ष कात्तिक १२ गते लिएको कागजातबाट सबै विवरण नखुलेपछि तीन दिनदेखि क्यानको कार्यालयमा अख्तियारका कर्मचारीहरू गएर सबै कागजात उठाएर लगेका हुन् । यसैगरी भैरहवा विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालि सकेको छ । गत चैतमा भैरहवा विमानस्थलको कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
भैरहवा विमानस्थल निर्माण, जग्गा अधिग्रहण तथा ट्याक्सी वे विस्तारमा अनियमितता भएको उजुरीमा अख्तियारले प्रारम्भिक अनुसन्धान गर्दा भ्रष्टाचार भएको पाएको हो । विस्तृत अनुसन्धानका क्रममा अनियमितता भएको पाइएपछि अख्तियारले थप विवरण पनि मागेको थियो । तर क्यानका महानिर्देशक प्रदीप अधिकारीले विवरण पठाएका थिएनन् । ‘प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको तथ्य भेटिएकाले भैरहवा विमानस्थल प्रकरणमा विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ, स्रोतले भन्यो, ‘हामीले राष्ट्रिय गौरव आयोजनाका तत्कालिन प्रमुख प्रदीप अधिकारी, भैरहवा विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारी लगायतका कर्मचारीको भुमिका माथी छानबिन गरिरहेका छौ ’
प्रदीप अधिकारी हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक छन् । अधिकारीले पोखरा विमानस्थलमा निर्माणमा पनि अनियमितता गरेको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको भैरहवा विमानस्थल चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले निर्माण गरेको थियो ।
तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्दा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसबखत ठूलो आकारको अन्तर्राष्ट्रिय विमानस्थल भन्दा भारतका विभिन्न सहरमा उडान गर्ने गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना अनुसार भैरहवा विमानस्थल विस्तारको काम शुरु गरिएको थियो । तर, भैरहवालाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नीति सरकारले लियो ।
जसले गर्दा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पनि सुविधा सम्पन्न विमानस्थल भैरहवामा बनेको छ । पूर्व निर्धारित समयभन्दा साढे ४ वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको विमानस्थलको व्यवसायीक सञ्चालन २०७९ जेठ २ गतेबाट शुरु भएको थियो । एसियाली विकास बैंकको करिब ८ अर्ब रुपैयाँ ऋण लगानीमा विमानस्थल निर्माण गरिएको हो । यस्तै, विमानस्थल बिस्तारका लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेर जग्गा अधिग्रहण गरिएको थियो । कार्गो भवन र अन्य पूर्वाधार विकासमा करिब २ अर्ब रुपैयाँ खर्च भईसकेको छ ।
यसैगरी पोखरा विमानस्थलको विषयमा पनि भ्रष्टचार भएको निकर्ष निकालिसकेको छ । पोखरा विमानस्थल निर्माणको सवालमा पनि महानिर्देशक अधिकारीले दुई पटक बयान दिइसकेका छन् । महानिर्देशक प्रदीप अधिकारीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा अनियमितता गरेको आरोपमा बयान लिएको थियो । अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाका सबै कागजपत्र नियन्त्रणमा लिएको पाँच महिनापछि अर्थात् गत चैतमा बयान लिएका थियो ।
उनको बयानपछि थप कागजात तथा विवरण मागेपनि सबै विवरण बुझाएका थिएनन । विमानस्थल निर्माणको लागत दोब्बर बनाएको, निर्माणका लागि ठेक्का प्रक्रियामा चलखेल गरेकोलगायत विषयमा आवश्यक छानबिनका लागि कागजात पहिल्यै नियन्त्रणमा लिइएको थियो, सोही आधारमा बढी लागतमा ठेक्का लगाउनको कारण र विधिबारे बयान लिएको थियो । महानिर्देशक अधिकारीले पोखरा विमानस्थलको लागत बढाउन सहयोग गरेको, विमानस्थल निर्माण कार्य गुणस्तरहीन भएको, आयोजना निर्माणका लागि निर्माण कम्पनीसँग मिलेमतो गरेको भन्दै आयोगमा उजुरी परेको थियो । त्यही उजुरीमाथि छानबिन गर्न भन्दै अख्तियारले गत वर्षको दसैं लगत्तै कात्तिक १२ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा छापा मारेको थियो ।
अहिले त्रिभुवन विमानस्थलको विस्तारअन्तर्गत तीनवटा परियोजना अन्तर्गत करिब १५ अर्ब रुपैयाँ बराबरको काम भइरहेको छ । पूर्वतर्फ ह्यांगर हब, ट्याक्सी वे, पश्चिमतर्फ पनि ट्याक्सी वे र उत्तरतर्फ एप्रोन विस्तारको काम भइरहेको छ । ती परियोजनामा पनि लागत स्टमेट बढाइएको भन्दै अख्तियारमा उजुरी परेको छ । चीनको एक्जिम बैंकको ऋण सहयोगमा बनेको विमानस्थलमा तीनवटा अन्तर्राष्ट्रिय र आठवटा आन्तरिक उडानका विमान पार्किङ गर्न सकिने भए पनि हालसम्म एकाधबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । एक्जिम बैंकको २२ अर्ब रुपैयाँ २ प्रतिशत ब्याजमा र दुई अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वाभाविक रूपमा वृद्धि गरिएको उजुरी अख्तियारमा छ ।
तत्कालीन आयोजना प्रमुख अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनीलाई दिएका थिए । सिएएमसी इन्जिनियरिङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्स्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि उनैले मिलाएको स्रोतको दाबी छ । सरकारले एक्जिम बैंकबाट लिएको सहुलियत ऋण प्राधिकरणले सरकारबाट ५ प्रतिशत ब्याज दरमा लिएको थियो । चीनबाट २ प्रतिशत ब्याजदरमा २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण प्राप्त हुने भएपछि सरकार र नागरिक उड्डयन प्राधिकरणबीच २०७३ जेठ २३ गते सम्झौता भएको थियो । सरकारले प्राप्त गरेको सो ऋण नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राप्त गरेर निर्माण सम्पन्न भएपछि सात वर्षसम्म २ प्रतिशतका दरले ब्याज मात्र तिर्ने उल्लेख छ । सात वर्षपछि भने १३ वर्षमा २६ किस्ता गरेर साँवा चुक्ता गर्ने सम्झौतामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार