मनास्लु आरोहणमा धेरैको आकर्षण
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार ८:५६:७
१७ असोज, काठमाडौं । मनास्लु (आठ हजार एक सय ६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ मनास्लु आरोहणका लागि विगत वर्षझैँ मनास्लु आरोहणमा यस वर्षको शरद् ऋतु (अटम सिजन)को हिमाल आरोहणमा पनि आरोहीको आकर्षण देखिएको हो ।
पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका छन् । यसमा ८२ महिला र दुई सय २६ पुरुष छन् । “मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ”, उनले भने, “मनास्लु आरोहण करिब सकिन लागेको छ, अनुमति लिएका अधिकांशले सफल आरोहण गरेका छन्, अब एक–दुई दिनमा मनास्लु आरोहण सकिन्छ ।”
दुई साताअघि यहाँ आरोहण सुरु भएको थियो । विभागका अनुसार अघिल्लो वर्षको यही सिजनको मनास्लु आरोहणमा २६ आरोही समूहका तीन सय एक जनाले आरोहण अनुमति लिएका थिए । हाल अमादब्लम र हिम्लुङको आरोहण पनि चलिरहेको छ ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाले मुलुकमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका घटनाका बाबजुद पर्वतारोहण उत्साहजनक रहेको विभागले उल्लेख गरेको छ । पर्वतारोहणमा त्यति धेरै क्षति नपुगे पनि पदयात्रामा भने केही समस्या भएको विभागले जनाएको छ ।
यस सिजनमा मनास्लुसहित ३४ हिमाल तथा ‘पिक’ आरोहणका लागि ६१ आरोही समूहका एक सय १३ महिला र तीन सय ७९ पुरुष गरी पाँच सय १० आरोहीले अनुमति लिएका विभागको पर्वतारोहण शाखाले जनाएको छ । विभिन्न हिमाल आरोहणका लागि नेपालसहित ५८ देशका आरोहीले अनुमति लिएका छन् । यो सिजनमा हिमाल आरोहणबापत रु चार करोड ९७ लाख ३३ हजार ५८ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । अमादब्लम आरोहणका लागि दुई आरोही समूहका १८, धवलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् ।
शरद् ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको तथ्याङ्क छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।
सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङफुर्वा शेर्पाले आफ्नो कम्पनीबाट ८० भन्दा धेरै आरोही मनास्लु आरोहणमा गएको जानकारी दिए । अब करिब १० प्रतिशत मात्र आरोहीले मनास्लु आरोहण गर्न बाँकी रहेको उनले बताए । लामो आरोहण इतिहास रहेको गोरखामा अवस्थित मनास्लु हिमालको २०७३ सालमा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । यस हिमाललाई कुताङ र हृदयको हिमाल पनि भन्ने गरिन्छ ।
मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो । विसं २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर यस हिमालको चर्चा भएको थियो । उक्त आरोहणले नेपालको पर्वतारोहणलाई विश्वबजारमा थप प्रवर्द्धन गर्न सघाउ पुगेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९ महिनामा भित्रिए ८ लाख बढी विदेशी पर्यटक, मार्चमा मात्र १ लाख २८ हजार आए नेपाल
असोज १६, २०८१ बुधबार
एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा
असोज १६, २०८१ बुधबार
अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
सडक दुर्घटना नियन्त्रण प्रयास : छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’
असोज १७, २०८१ बिहिबार
राष्ट्रपति भवनमा घटस्थापना
असोज १७, २०८१ बिहिबार
सुरु भयो दशैं, राखियो जमराः फोटोफिचर
असोज १७, २०८१ बिहिबार
सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार
असोज १७, २०८१ बिहिबार
वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति
असोज १७, २०८१ बिहिबार
पोखराका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु, देवीभागवत ज्ञान महायज्ञ पनि हुने
असोज १७, २०८१ बिहिबार