सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १०:४९:१६
१७ असोज, बाजुरा । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उहाँलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो । जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो । किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उहाँलाई उद्धार गरिएको हो । हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार
असोज १४, २०८१ सोमबार
अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
असोज १४, २०८१ सोमबार
हालसम्म सेनाको हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्धार
असोज १३, २०८१ आइतबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै
असोज १७, २०८१ बिहिबार
बाढीले वंशीघाटमा थुपारेको फोहाेर
असोज १७, २०८१ बिहिबार
तीन पेट्रोलियम परियोजना निर्माण गर्न निगम र आइओसीबीच १५ अर्ब अनुदान सम्झौतामा हस्ताक्षर
असोज १७, २०८१ बिहिबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
दशैंका लागि मूल्य घटेर काठमाडौं आइपुगे च्याङ्ग्रा
असोज १७, २०८१ बिहिबार
ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध
असोज १७, २०८१ बिहिबार