गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार ११:३१:१७
१७ असोज, गोरखा । गोरखा दरबारको दशैंघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।
परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उनले बताए । “गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौ को जमरा राखिएको छ”, उनले भने, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एक/एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।”
यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ ।
बडादशैंमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङ कालिकामा दर्शनार्थीको भीड
असोज १७, २०८१ बिहिबार
राष्ट्रपति भवनमा घटस्थापना
असोज १७, २०८१ बिहिबार
पोखराका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु, देवीभागवत ज्ञान महायज्ञ पनि हुने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
राजदेवी मन्दिर डुबानमा
असोज १७, २०८१ बिहिबार
राहतको पर्खाइमा स्थानीय
असोज १७, २०८१ बिहिबार
बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति
असोज १७, २०८१ बिहिबार
बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति
असोज १७, २०८१ बिहिबार
कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै
असोज १७, २०८१ बिहिबार
बाढीले वंशीघाटमा थुपारेको फोहाेर
असोज १७, २०८१ बिहिबार