तत्कालीन सदस्यसचिव बसन्त चौधरीले मारवाडीलाई दिएको गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता

नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १२:९:३२

१७ असोज, काठमाडौं । काठमाडौं जिल्ला अदालतले गौशालास्थित पशुपतिनाथको धर्मशाला २१ वर्षपछि मारवाडी सेवा समितिबाट फिर्ता गरिदिएको छ । तत्कालीन सदस्य सचिव वसन्त चौधरीले यो धर्मशाला मारवाडी सेवा समितिलाई सस्तो भाडामा उपलब्ध गराएका थिए । त्यो सम्झौताविरुद्ध परेको रिटमा जिल्ला अदालत काठमाडौंले फैसला गर्दै फिर्ता गरिदिएको हो ।
पशुपति क्षेत्र विकास कोषले दिएको जानकारी अनुसार काठमाडौँ जिल्ला अदालतले २०६० मा श्री पशुपतिनाथ अमाल कोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको हो ।
सम्झौता हुँदा कोषका सदस्य सचिव वसन्त चौधरी थिए । स्वार्थ बाझिने गरी सम्झौता गराएका चौधरीले आफू निकट मारवाडी सेवा समितिलाई भगवान पशुपतिनाथको सम्पत्ति कौडीको भाउमै सुम्पिएका थिए । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो ।
काठमाडौंको गौशालास्थित कित्ता नं. ८३ को ४ रोपनी १५ आना २ पैसा र सोही स्थानको कित्ता नं. ८५ को ४ रोपनी १० आना जग्गा पशुपति क्षेत्र विकास कोषमा फिर्ता भएको हो । कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले अदालतको फैसलाले पशुपतिनाथको सम्पत्ति फिर्ता भएको बताए ।
वर्षको ५१ हजार रुपैयाँ मात्रै तिरेर व्यापारिक लाभका लागि पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला प्रयोग भएको थियो । कौडीको भाउमा कब्जामा रहेको पशुपतिनाथको सम्पत्ति फिर्ता भएको छ । अब धर्मशालालाई धार्मिक प्रयोजनकै लागि प्रयोग गरिने छ, उनले भने ।
सम्झौता–पत्रमा सेवा समितिले वार्षिक ५१ हजार रुपैयाँ तिर्ने, रकम दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र श्री पशुपतिनाथमा पर्व पर्वमा छाडिएका साँढेहरूलाई परम्परा अनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने भन्ने थियो । तर मारवाडी सेवा समितिले होटल, लज, रेस्टुरेन्ट र डायलाइसिस सेन्टर सञ्चालन गर्दै आएको थियो ।
समितिले व्यावसायिक प्रयोजनकै लागि दूध उत्पादन गर्न जर्सी गाई पालेर दूध समेत बेच्ने गरेको छ । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरी समितिले १९ वटै सटर मासिक ३५ हजारका दरले भाडामा लगाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेन्ट मेरिज र सेन्ट जेभियर्स स्कुलविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज प्रारम्भिक सुनुवाइ
फागुन ९, २०८१ शुक्रबार
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
आज क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान खेल हुँदै
फागुन ११, २०८१ आइतबार
वैज्ञानिकहरूको दाबी- पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुन सक्छ !
फागुन ११, २०८१ आइतबार
हिमालयन लाइफ इन्सुरेन्सको एजीएम आज बस्दै
फागुन ११, २०८१ आइतबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री
फागुन ११, २०८१ आइतबार
बिहान खाली पेटमा भिजेको किसमिस खादा अचम्मको फाइदा
फागुन ११, २०८१ आइतबार
आज क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान खेल हुँदै
फागुन ११, २०८१ आइतबार
वैज्ञानिकहरूको दाबी- पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुन सक्छ !
फागुन ११, २०८१ आइतबार
हिमालयन लाइफ इन्सुरेन्सको एजीएम आज बस्दै
फागुन ११, २०८१ आइतबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री
फागुन ११, २०८१ आइतबार
बिहान खाली पेटमा भिजेको किसमिस खादा अचम्मको फाइदा
फागुन ११, २०८१ आइतबार
आज क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान खेल हुँदै
फागुन ११, २०८१ आइतबार
वैज्ञानिकहरूको दाबी- पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुन सक्छ !
फागुन ११, २०८१ आइतबार
हिमालयन लाइफ इन्सुरेन्सको एजीएम आज बस्दै
फागुन ११, २०८१ आइतबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार