बागलुङ कालिकामा दर्शनार्थीको भीड
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १२:१४:४३
१७ असोज, बागलुङ । दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ ।
प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदशैंमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए ।
सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजन पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि मन्दिरमा भीड लागेको थियो । “मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन पर्यो भनेर आयौँ, कालिकामा पूजा गरेपछि मनमा शान्ति मिल्छ,” पोखराबाट आएका पोषण शर्माले भने, “बागलुङ कालिका हाम्रो आस्थाको धरोहर हो ।”
होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निलेश राजभण्डारीका अनुसार केही दिनदेखि होटलहरु भरिभराउ छन् । मन्दिरमा कति भक्तजन आए भन्ने यकिन तथ्याङ्क छैन । खपत भएका नरिवल र बलिको सङ्ख्याका आधारमा अनुमान गर्ने गरिएको छ । हरेक वर्ष दसैँमा चार लाख बढी नरिवल बिक्री भएको तथ्याङ्क छ । चैतेदशैंमा पनि यहाँ भीड लाग्ने गर्छ । पाँच सय वर्ष अघि स्थापना भएको यस मन्दिरमा नियमित पूजा हुँदै आएको किम्वदन्ती छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असोज १७, २०८१ बिहिबार
राष्ट्रपति भवनमा घटस्थापना
असोज १७, २०८१ बिहिबार
पोखराका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु, देवीभागवत ज्ञान महायज्ञ पनि हुने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
राहतको पर्खाइमा स्थानीय
असोज १७, २०८१ बिहिबार
बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति
असोज १७, २०८१ बिहिबार
बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति
असोज १७, २०८१ बिहिबार
कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै
असोज १७, २०८१ बिहिबार
बाढीले वंशीघाटमा थुपारेको फोहाेर
असोज १७, २०८१ बिहिबार
तीन पेट्रोलियम परियोजना निर्माण गर्न निगम र आइओसीबीच १५ अर्ब अनुदान सम्झौतामा हस्ताक्षर
असोज १७, २०८१ बिहिबार