नेत्रज्योति संघद्वारा बाल सेवाघरमा आँखा परीक्षण
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १२:४४:५८
१७ असोज, काठमाडौं । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा दक्षिणकाली नगरपालिका सतिदेवी स्थित फेन्दे उत्थान केन्द्र, बाल सेवाघरमा निःशुल्क आँखा परीक्षण सहित खाद्यान्न वितरण गरेको छ ।
यही असोज २४ गते अर्थात् अक्टोबर १० तारिखका दिन परेको विश्व दृष्टि दिवसका अवसरमा बाल सेवाघरमा रहेका करिब ४० बालबालिकाहरूको आँखा परीक्षण गरी चस्मा र आवश्यक औषधी बालबालिकाहरुलाई निःशुल्क उपलब्ध गराइएको छ । त्यस्तै सोही अवसरमा बाल सेवाघरका लागि आवश्यक खाद्यान्न सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा सङ्घका महासचिव भरतबहादुर चन्द यस वर्षको विश्व दृष्टि दिवसमा बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिइएकाले खाद्यान्न सहयोग सहित बाल सेवाघरमा आँखा परीक्षण गरिएको बताए । उनले भने “अहिले विश्वमा नै बालबालिकाहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिई विश्व दृष्टि दिवस मनाईदै छ त्यसैले हामिले नेपालमा पनि बढिभन्दा बढि बालबालिकाहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै उनीहरुको आँखा स्वास्थ्यका बारेमा सबैलाई जनचेतना अभिबृद्धि गर्ने गरी कार्यक्रम संचालन गरिरहेका छौ । ”
दक्षिणकाली – ५ का वडाध्यक्ष श्यामबहादुर खत्रीले सङ्घलाई धन्यवाद दिँदै बाल आँखा स्वास्थ्य सबैको प्राथमिकतामा पर्नुपर्ने बताए । सो अवसरमा आँखा परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रममा संघका कोषाध्यक्ष चिजकुमार मास्के सङ्घका सल्लाहकार एवं पूर्व मुख्यसचिव लिलामणी पौडेल समेत सहभागी भएको थियो ।
सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाइन्छ । यस वर्षपनि यही असोज २४ गते(अक्टोबर १०) मा नेपालमा पनि ‘आँखालाई माया गरौं’ (बालबालिकाको आँखा उपचारलाई प्राथमिकतामा राखौँ) भन्ने नारा सहित विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै
असोज १७, २०८१ बिहिबार
स्वास्थ्य मन्त्रालयको परिसरमै डेंगु फैलाउने लामखुट्टेको बासस्थान !
असोज १६, २०८१ बुधबार
सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली व्यापार सम्झौतामा हस्ताक्षर
असोज १७, २०८१ बिहिबार
मध्यपहाडी राजमार्ग: खुर्कोट, घुर्मी खण्ड एकतर्फी खुल्यो
असोज १७, २०८१ बिहिबार
चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो
असोज १७, २०८१ बिहिबार
बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
असोज १७, २०८१ बिहिबार
नवरात्रको पहिलो दिन : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
असोज १७, २०८१ बिहिबार
कोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर !
असोज १७, २०८१ बिहिबार