एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १३:३:२०
१७ असोज, काठमाडौं । नेपाली विद्यार्थीहरूले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्त्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् ।
ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रमअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएको हो । समूहमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, र समृद्धि कार्की छन् ।
एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौं विद्यार्थीले सहभागिता जनाएका छन् । जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर नामक एआई व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए ।
एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटले नेपाली विद्यार्थीहरूको नवीन सोचको ऊर्जालाई उजागर गरेको छ । नेपालमा यो कार्यक्रम २०१९ मा सुरु भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौँ विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ ।
सिड्स फर द फ्युचर कार्यक्रम, ह्वावेको विश्वव्यापी सिएसआर ९सीएसआर० प्रयास अन्तर्गत २००८ मा थाइल्याण्डमा सुरु भएको हो । हालसम्म विश्वभरका १४१ देशका १८,००० भन्दा बढी विद्यार्थीहरूले यसबाट फाइदा उठाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
अमेरिकासहित चार देशका राजदूतलाई राष्ट्रपति पौडेलले गराए शपथ ग्रहण
मंसिर १६, २०८१ आइतबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार