सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १३:९:४२
१७ असोज, काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एक बृहत्तर एक दिवसीय सेमिनार कार्यक्रमको आयोजना गरेको छ । नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको प्रमुख आथित्यतामा संचालित कार्यक्रममा नेपालका आइटी तथा इन्जिनियरिङ शिक्षा संञ्चालन गरिरहेका इन्जिनियरिङ कलेजहरू, प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवा प्रदायक संस्थाहरू, इन्जिनियरिङ शिक्षाका शिक्षाविद्हरु, इन्जिनियरिङ विषयका अनुसन्धानकर्ताहरू तथा समग्र इन्जिनियरिङ विषयका विद्याथीहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।
सेमिनारमा उपस्थित शिक्षाविद्हरू त्रि.वि.इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू प्राडा सुवर्ण शाक्य, डा.बाबुराम दवाडी, काठमाडौ विश्वविद्यालयका प्राडा सुदन झा, प्रा.डा. सुबोध त्रिपाठी, डा.राजिव सुव्वा प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवाप्रदायक संस्थाहरु लीप फ्रग, कोटीभिटी, इन्तजी लगायतका विज्ञहरु विच नेपालको इन्जिनियरिङ शिक्षा तथा इन्जिनियरिङ सेवा र नव प्रबर्द्धन विचको खाडललाई कम गर्ने सम्बन्धमा वृहत्तर छलफल गरिएको थियो ।
कायक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले आगामी दिनहरुमा इन्जिनियरिङ सेवा र नव प्रवर्द्धन र इन्जिनियरिङ शिक्षा विचको खाडललाई कम गर्न नियमित रुपमा यस्ता कार्यक्रम आयोजन गर्ने तथा कलेजका सम्पूर्ण श्रोत साधनहरु अनुसन्धानका लागि निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रमुख अतिथि नेपाल इन्जिवनयररङ परिषदका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले नेपालको इन्जिनियरिङ शिक्षा तथा लाइसेन्सको अन्तराष्ट्रिय मान्यताका भइराखेका गतिविधिका बारेमा जानकारी दिएका थिए ।
एभरेस्ट इन्जिनियरिङ कलेजले यसै वर्षदेखि सञ्चालनमा ल्याएको स्नातकोत्तर कार्यक्रम एमई कम्प्युटर इन्जिनियरिङ संचालन गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा एम.ई. कार्यक्रम संयोजक प्रा.डा.श्याम किरात राईले विद्यार्थीहरूका लागि थेसिस सहित दुई वर्षमा पढाई सक्ने गरी विशिष्ट कार्ययोजना प्रस्तुत गरेका थिए । प्राचार्य इ. विरोध रिजालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने सहप्राचार्य इ.रजिन लामाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
दमक व्यापारिक कम्प्लेक्स
मंसिर २३, २०८१ आइतबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार