बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १४:३९:५९
१७ असोज, काठमाडौं । बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरि हालै गएको बाढीपहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले मानवीय र भौतिक पूर्वाधारमा क्षति व्यहोर्नुपरेको छ ।
मकवानपुर इन्द्रसरोवर–३ स्थित बत्सला माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा सिस्नेरी एकेडेमीका प्रशिक्षण रहेका छ बालकको निधन भयो । मकवानपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष टीका लामाका अनुसार मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस बानियाँ, सर्लाहीका आदित्य बलमपाकी, काठमाडौँका रियान्स आचार्य र बाराका विकल रेग्मी सुरक्षित स्थानमा सर्ने क्रममा पहिरोमा परेका हुन् ।
एन्फाका केन्द्रीय सदस्य रहेका लामा भन्छन्, “देशका होनहार फुटबल खेलका प्रतिभा पहिरोमा परेको घटनाले मुलकको खेल क्षेत्रलाई अपुरणिय क्षति भएको छ, यो निकै दुखद घटना भएको छ, सुरक्षित स्थानतर्फ लैजाने क्रममा यो घटना हुन पुग्यो ।”
उनीहरु त्यहाँ गत वैशाखदेखि क्याम्पमा रही प्रशिक्षण गरिरहेका विद्यार्थीमध्ये अरु दुई जना त्यस घटनामा घाइते भए । त्यस एकेडेमीका पहिलो समूहमा रहेका उनी सबै १४ वर्ष मुनिका खेलाडी हुन् । एन्फाको प्रशिक्षणमा उक्त उमेर समूहका ४० विद्यार्थी प्रशिक्षणमा थिए ।
त्यस्तै भौतिक पूर्वाधारका क्षेत्रमा ललितपुरको च्यासलस्थित खेलमैदान हनुमन्ते र बागमतीको बाढी पसेर तहस–नहस बनाएको छ भने प्रदेश र स्थानीय तहको सहयोगमा बनेका कयौं खेलमैदान बाढी कटानमा परेका छन् । राष्ट्रियस्तरको ललितपुरको च्यासलमा रहेका खेलमैदानमा बाढी पसेर क्षति भएको जानकारी प्राप्त भए पनि प्रदेश र स्थानीय तहको भने विवरण प्राप्त भई नसकेको युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्र अधिकारीले बताए ।
बागमती प्रदेशमा प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा केही वर्षअघि मात्रै निर्माण गरिएका १०० भन्दा बढी खेलमैदानसहित भौतिक पूर्वाधारमा क्षति भएको छ । सरकारले हरेक स्थानीय तहमा एक खेलग्राम बनाउने नीतिअनुसार हाल २६५ स्थानीय तहमा खेलग्राम निर्माणाधिन अवस्थामा रहेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् मातहत अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश र जिल्ला स्तरिय खेलकुद पूर्वाधार छन् । सुरक्षा निकायसँग सम्बद्ध पनि आफ्नै खेल संरचना छन् भने निजी क्षेत्रबाट पनि जिमखाना, पौडी पोखरी र फुटसल सञ्चालनमा छ । खासगरी रोशी खोला, सुनकोसी र बागमती नदी किनार तटिय क्षेत्रमा रहेका त्यस्ता पूर्वाधार कटान र डुबानमा पर्दा ठूलो नोक्सानी भएको छ ।
सिन्धुली गड्तिर भेगका च्याकुटारबेँशी, बलेनी, खुर्कोट, मुलकोट, खाल्टे, कुशेश्वरमा रहेका खेलमैदान बाढीबाट पूर्ण क्षति भएको अवस्था रहेको सिन्धुलीको सुनकोशी गाँउपालिकाका अध्यक्ष दीपा बोहरा बताउछन् । रामेछाप, दोलखा, सिन्धुपलाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवामा समेत कुनै न कुनैरुपमा खेल पूर्वाधारमा बाढीले असर पुर्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने
मंसिर २, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार