राजदेवी मन्दिर डुबानमा
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १४:५७:२६
१७ असोज, महोत्तरी । यहाँको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ । मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ । पानी जमेकै कारण आज बडा दशैँको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी राम पृत गिरीले बताए । पानीले माताको प्रतिमा डुबानमा परेको छ । मन्दिर बाहिरका भू–भाग पनि जलमग्न रहेको पूजारी गिरीले जानकारी दिए ।
पूजारी गिरीले मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको बताए । उक्त मन्दिर जलेश्वर नगरपालिकाको सबैभन्दा होचो ठाउँमा रहेको कारण बाढी गएको पाँच दिन भइसक्दा पनि पानीको सतह कम नभएको हो । डुबानका कारण बडादसैँको पूजाआजा प्रभावित हुने अनुमान गरिएको छ ।
पूजा समितिका अध्यक्ष अमितकुमार साहले सबै शक्ति पीठमा बडा दशैँको पूजा अर्चना भइरहँदा जलेश्वर नगरपालिकालाई दमकल लगाएर माता राजदेवीको गर्भगृहको पानी बाहिर निकाल्न अनुरोध गरेपनि नगरपालिकाले चासो नदेखाएको गुनासो गरे । राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
असोज १७, २०८१ बिहिबार
बाढीबाट ललितपुर–१ वडा कार्यालयमा ८० लाखको क्षति
असोज १७, २०८१ बिहिबार
गृह मन्त्रालयको दावीः १७ हजारभन्दा बढीको सकुशल उद्धार भयो, ८ जिल्लामा टोली खटिएको छ
असोज १७, २०८१ बिहिबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
वीरगञ्जको गहवामाईमा बिहानैदेखि दशनार्थीको घुइँचो
असोज १७, २०८१ बिहिबार
विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
असोज १७, २०८१ बिहिबार
झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
असोज १७, २०८१ बिहिबार
वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलामा अस्तायो
असोज १७, २०८१ बिहिबार
एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मूल्य !
असोज १७, २०८१ बिहिबार