बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १६:५०:११
१७ असोज, चितवन । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।
रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले एक मान्छे गहिरो खाल्टो बनाएको थियो । उनले भने, “अब करिब पूर्ववतः अवस्थामा आयो, भोलिबाट रेष्टुरेन्ट सञ्चालनमा ल्याउन सकिन्छ ।”
हरेक वर्ष नदी तटीय क्षेत्रमा बाढी आउने भए पनि यस वर्ष अलि बढी क्षति भएको छ । “उनको सँगै १५ रेष्टुरेन्ट बाढीले असर पुर्याएको छ, रेष्टुरेन्ट सञ्चालकको छाता संस्था क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) का अध्यक्ष ध्रुव गिरीका अनुसार अधिकांश क्षति पुगेका रेष्टुरेन्ट मर्मत र सरसफाइ गरेर सञ्चालनमा आउन थालेका छन्”, उनले भने, “बाढीपछि अब हामी पर्यटकको पर्खाईमा छौँ ।”
बालुवा र पाँगो माटोले कतै भरिएको तथा कतै बाढीले खोतलेका ठाउँ र संरचना मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार राप्ती किनारका केही होटलमा नदीको बाढी पसेको थियो । ठूलो क्षति नभए पनि आंशिक क्षति केही होटलमा पुगेको थियो ।
होली लज, सपना भिलेज, होटल रिभर साइड लगायतका होटलमा बाढी पसेको थियो । ती होटलको पनि सरसफाइ र मर्मत गरिसकिएको उनले जानकारी दिए ।
उनले भने, “बाढीका कारण अहिले सौराहाका कुनै होटल बन्द छैनन् ।” गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले धेरै राजमार्गमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा परेको छ । गिरीका अनुसार अहिले सौराहामा बढीमा ५०० पर्यटक छन् । गत वर्ष यही समयमा दैनिक चार हजार बढी पर्यटक हुने गर्दथे । तीमध्ये आधा तेस्रो मुलुकका, ३० प्रतिशत नेपाली र २० प्रतिशत चिनियाँ पर्यटक हुने गरेको उनले जानकारी दिए ।
लामो समय बस्ने पर्यटकलाई भिसा निःशुल्क गर्न र चितवन राष्ट्रिय निकुञ्ज प्रवेशको टिकट काटेपछि सात दिन हुने व्यवस्था गर्न सकेमा पर्यटकको सङ्ख्या बढ्ने उनी बताउँछन् । अहिले हरेक दिन निकुञ्जको टिकट काट्नुपर्ने हुन्छ । टिकटको अवधि बढाएमा सौराहासहित पश्चिम चितवन, माडी र चेपाङ मार्गमा पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ ।
सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यस वर्ष बाढी नआउँदा पनि उत्साह नदेखिएको भन्दै बाढी आएपछि थप प्रभावित भएको बताउँछन् । उनले भने, “विश्व बजारमा नेपालमा घुम्ने रुचि कम भएको पाइयो ।” विदेशी पर्यटकको सङ्ख्या घटेको र नेपाली आउने समयमा बाढीका कारण बाटो अवरुद्ध हुँदा समस्या भएको उनी बताउँछन् । उनले भने, “बाटो बन्द छन्, जहाजको टिकट महँगो छ, त्यो पनि पाइँदैन, पर्यटक कसरी आउन सक्नु ?”
सङ्घका महासचिव गुणराज थपलिया यस वर्षको मुख्य यामको सुरुवातीमा पर्यटकको आगमनमा निकै आएको बताउँछन् । त्यसका कारण पर्यटनसँग सम्बन्धित क्षेत्र प्रभावित बनेको उनको भनाइ छ । सौराहामा ४५ निजी हात्ती छन् । ठूलो सङ्ख्यामा जीप, डुङ्गा सबै प्रभावित बनेका छन् । यहाँका १३८ होटल, १०० हाराहारी रेष्टुरेन्टमा अर्बौको लगानी छ । थपलियाका अनुसार एकै रातमा छ हजार ६०० भन्दा बढी अट्न सक्ने क्षमता सौराहामा छ । यद्यपि पर्यटक नहुँदा समस्या भएको उनी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?
असोज ६, २०८१ आइतबार
अमेरिकी फेबरेट सेफको उत्कृष्ट पाँचमा पुगे नेपालका थापा
असार ६, २०८१ बिहिबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली व्यापार सम्झौतामा हस्ताक्षर
असोज १७, २०८१ बिहिबार
मध्यपहाडी राजमार्ग: खुर्कोट, घुर्मी खण्ड एकतर्फी खुल्यो
असोज १७, २०८१ बिहिबार
चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो
असोज १७, २०८१ बिहिबार
बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
असोज १७, २०८१ बिहिबार
नवरात्रको पहिलो दिन : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
असोज १७, २०८१ बिहिबार
कोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर !
असोज १७, २०८१ बिहिबार