चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १६:५७:४८
१७ असोज, जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिङ्गो आज फेरिएको छ ।
हरेक वर्ष घटस्थापनाका दिन लिङ्ग फेर्ने प्रचलन अनुसार यसवर्ष पनि लिङ्गो फेरिएको चन्दननाथ एवं भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए ।
मन्दिरमा लिङ्गो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन् । “चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्वजा राखिएको हुन्छ । भैरवनाथ मन्दिरको लिङ्गोमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राख्ने चलन छ”, थापाले भने । उनका अनुसार वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरून् भनेर ५२ हाते लिङ्गोसहित ध्वजा राख्ने प्रचलन रहेको हो ।
मन्दिरको माटो लगेर यहाँका स्थानीयले घरमा जमरा राख्ने प्रचलन रहेको अध्यक्ष थापाले बताए । मन्दिरमा जय स्तम्भसहित पाँचवटा लिङ्गो खडा गरिएको उनको भनाइ छ ।
घटस्थापनाको दिन उत्पादन वृद्धि होस्, भोकमरी नहोस् भन्ने कामनासहित चन्दननाथ भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा रहेको यहाँको संस्कृतिका जानकार रमानन्द आचार्यले जानकारी दिए । एक दशक पहिलेसम्म लिङ्गो फेर्न तत्कालीन कर्णाली अञ्चलका जिल्लाबाट विभिन्न वस्तु पठाउने चलन थियो । “जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह आउँथ्यो । हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का आउँथ्यो भने मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी पठाइन्थ्यो”, उनले भने।
अहिले उक्त परम्परा रोकिएको आचार्यले बताए । अहिले सुरक्षाकर्मीले सबै व्यवस्था गर्ने उहाँको भनाइ छ । कर्णाली प्रदेश सरकारले यही असोज १४ गते (कृष्ण त्रयोदशी) मा चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने दिनका रुपमा जुम्लामा एकदिन सार्वजनिक बिदा दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवरात्रको पहिलो दिन : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
असोज १७, २०८१ बिहिबार
वीरगञ्जको गहवामाईमा बिहानैदेखि दशनार्थीको घुइँचो
असोज १७, २०८१ बिहिबार
बागलुङ कालिकामा दर्शनार्थीको भीड
असोज १७, २०८१ बिहिबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली व्यापार सम्झौतामा हस्ताक्षर
असोज १७, २०८१ बिहिबार
मध्यपहाडी राजमार्ग: खुर्कोट, घुर्मी खण्ड एकतर्फी खुल्यो
असोज १७, २०८१ बिहिबार
चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो
असोज १७, २०८१ बिहिबार
बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
असोज १७, २०८१ बिहिबार
नवरात्रको पहिलो दिन : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
असोज १७, २०८१ बिहिबार
कोशीको बाढी : कसैलाई डर, कसैलाई अवसर !
असोज १७, २०८१ बिहिबार