बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १९:३८:११
१७ असोज, काठमाडौं । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक भएको जनाएको छ ।
मन्त्री देवेन्द्र दाहालले बाढीपहिरोमा परी अलपत्र परेका यात्रु एवम् यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवं राहत उपलव्ध गराउन गृहमन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको समेत बताए । “विषम परिस्थितिका कारण उत्पन्न हुनसक्ने दुर्घटना एवम् जोखिम कम गर्न अतिआवश्यक काम बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी र सतर्कता अपनाउन अनुरोध गरिएको छ”, उनले भने, “असोज १२ गतेबाट अग्रिम टिकक बुकिङ गरेर यात्रुहरुलाई सुरक्षित ढङ्गले प्राथमिकता दिई यात्रुहरुलाई गन्तव्य स्थलमा पु¥याउन यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरिएको छ ।”
काठमाडौंबाट छुट्ने यात्रुबाहक बसलाई उज्यालो छँदै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको उनको भनाइ छ । मन्त्रालयका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी छ । प्रारम्भिकअनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र रु तीन अर्ब लाग्ने देखिएको छ ।
मन्त्रालयकासचिव केशवकुमार शर्माले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गहरुका आठ सय पाँच स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा सात सय ७४ स्थानको पहिरो हटाउने काम सकिएको बताए । “२९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायत सञ्चालन गरिसकिएको छ ।
अझैसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी छ”, उनले भने, “यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम् पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ ।”
यही असोज ११ र १२ गते आएको अबिरल वर्षाका कारण देशको विभिन्न भागका नदीहरुमा भीषण बाढी आउनुका साथै विभिन्न स्थानमा पहिरो जाँदा ठूलो जनधनको ठूलो क्षति भएको थियो । हाल अरनिको राजमार्गमा लार्चा–कोदारीको पाँच किलोमिटरमा मर्मत सकिएको छैन भने लिपिङ् पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ ।
बिपी राजमार्ग चौकीडाँडा–कालढुङ्गा १८ किमिमध्ये करिव १२ किमि सडक पूर्णरुपमा बगेका कारण केही स्थानमा सवारी साधनहरु रोकिएको अवस्था छ । “रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरी अस्थायी रुपमा यातायात सञ्चालन गरिने छ”, सचिव शर्माले भने, “पुष्पलाल (मध्यपहाडी) राजमार्ग दोलालघाट–राकथुम ८० किमि खण्डका धेरै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ।”
शर्माका अनुसार कान्ति राजपथको घपेली–बगुवामा १३ किमि र बागमति पुलको दाँया–बाँया एप्रोच मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ । मेची राजमार्ग रमिते– फिदिमको आठ किमि, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ । मन्त्रालयका अनुसार हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको तयारी भइरहेको छ । यी खण्डमा असोज १२ गतेदेखिनै सडक विभागमार्फत प्राविधिक, जनशक्ति र उपकरण परिचालन गरी खुलाउने प्रयास भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार