२२ लाख रकमसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार २०:१४:३७
१७ असोज, जलेश्वर (महोत्तरी) । महोत्तरीको दुई दिनयता स्रोत नखुलेको रु २२ लाखसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले आज रु १० लाखसहित एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरालाई पक्राउ गरेको हो ।
ज७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त रकमसहित सशस्त्र प्रहरी बल मटिहानीको टोलीले पक्राउ गरेको हो । त्यसैगरी बुधबार प्रहरीले स्रोत नखुलेको रु १२ लाखसहित सम्सी गाउँपालिका–६ का ४२ वर्षीय शेष हसमत अलीलाई पक्राउ गरेको थियो ।
प्र२–०२–००५प ५९९५ नम्बरको मोटरसाइकलमा उक्त रकम बोकेका हसमतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको टोलीले मनरासिश्वा नगरपालिका–२ भोल्ही चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धन तथा कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार