बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार ९:४३:४०
१८ असोज, धुलिखेल । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताए । दसैँ पर्व नजाकिँदै गर्दा घरमा खानालाउनसमेत समस्या रहेका नागरिकका लागि तत्काल बाटो खुलाएमा सहजता हुने उनको अपेक्षा थियो ।
रोशी गाउँपालिका–७ थान्सिङबेँसीस्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएकाले राज्यले त्यसमा पहिला ध्यान पुर्याउन आवश्यक रहेको बताए । बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहतलगायतका समस्यामा रहेको उनले सुनाए । रोशी गाउँपालिका–७ कै अर्का स्थानीय लोकनाथ गौतमले बाढीपहिरोबाट बढी क्षति हुनुको कारण खानी तथा क्रसर भएको भन्दै अबका दिनमा राज्यले अवैध उद्योगलाई नियमन गर्नुपर्ने बताए ।
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिराले गाउँबस्तीदेखि सडक, पुल र विद्युतको पोल ढालेपछि अहिले यातायात, विद्युत् र सञ्चार सेवा टुटेको छ । विपद्मा परेर धेरैले ज्यान गुमाउनेदेखि घाइते भएर धेरै मानिस अस्पतालमा उपचाररत छन् । सडकमा यात्रा गरेका यात्री बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन यात्रा गर्दैछन् ।
बाढीपहिराका कारण यहाँका नागरिक जीवन कष्टकर बन्दै गएको छ । त्यस्तै कष्टकर जीवन जिउन बाध्य हुनेमा रोशीखोला आसपासका धेरै नागरिक छन् । यहाँका पसलमा उपलब्ध चाउचाउ र बिस्कुट पनि किन्न सक्ने अवस्था छैन । त्यसो त पसलेले नयाँ सामान ढुवानी गरेर बेच्न सक्ने अवस्था पनि छैन ।
रोशीमा गएको बाढीपहिराेले बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि दैनिक हजारौँका सङ्ख्यामा गुड्ने सवारीसाधन अहिले ठप्प छ । राजमार्गका दर्जनौं ठाउँमा बाढीले कटान गरी क्षति पुर्याएको छ भने अधिकांश ठाउँमा पुरिएको अवस्था छ ।
बीपी राजमार्ग अहिले सुनसान छ । राजमार्गमात्र सुनसान छैन, त्यस आसपासका वस्तीमा समेत सुनसान छाएको छ । बाढीपहिराेले सडक, विद्युतको पोल, खानेपानी पाइपलगायत भौतिक संरचना ध्वस्त बनाएपछि अहिले सो क्षेत्रका नागरिकलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्योपचारमा समस्या परेको छ । त्यस्तै बाढीले रोशीखोला आसपासमा रहेका सयौँ रोपनी खेतीयोग्य जमिनसँगै लगाएको बालीसमेत बगाएको छ ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढीपहिरोका कारण बाटो, विद्युत् र सञ्चार टुटेकाले समुदाय र पालिका बीचको सम्बन्ध नै टुटेको अवस्था रहेको बताए । यस्तो अवस्थाकै बीचमा पनि पहिलो प्राथमिकता खोज तथा उद्धारमा दिएको र सँगसँगै अवरुद्ध बाटो खुलाउनेदेखि राहत तथा स्वास्थ्योपचारमा केन्द्रित भएर काम गरिरहेको उनले बताए ।
पूर्व जाने छोटो दूरीको राजमार्गलाई दसैँ अगाडि नै खुलाउने गरी वैकल्पिक मार्ग निर्माणको कामलाई अगाडि बढाएको उनले बताए। एकातिर विपद्मा परी नागरिक घाइते र पीडामा छन् भने अर्कातिर खाद्यान्न अभाव र बिरामी परेका नागरिकले समयमा नै उपचार नपाएर आक्रान्त बनेका छन् ।
सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले सडक खुलाउन निरन्तर आफूहरू स्काभेटरलगायत उपकरणसहित अस्थायी रूपमा वैकल्पिक बाटो बनाउने क्रममा रहेको बताए । अहिले बीपी राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका चौकीडाँडाबाट रोशी गाउँपालिका–१२ को बर्खिखोला सिन्धुलीको सिमानासम्मको करिब २० किलोमिटर सडकका विभिन्न स्थानमा अस्थायी वैकल्पिक मार्ग निर्माण गर्न हेलिकप्टरमा इन्धन ढुवानी गरी काम गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
पछिल्ला तीन दिनमा मङ्गलटारबाट बुलढुङ्गासम्म चार किलोमिटर बाटो बनिसकेको जनाइएको छ । सडक, विद्युत् र सञ्चार सम्पर्क टुटेको जिल्लाका विकट क्षेत्र डाँडापारीस्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका तथा कोशीपारीको भुम्लु र चौँरीदेउराली गाउँपालिकाले क्षति पुगेको सडक खण्ड मर्मत गरी सवारीसाधन सञ्चालनका लागि काम अगाडि बढाएको छ ।
महाभारत गाउँपालिकाको जनमुक्ति लोकमार्गको चारकिल्ला भूमिचुली–राजबास हुँदै बिपी राजमार्ग जोड्ने र चार किल्ला गाउँपालिका केन्द्र देवीटार गोकुले खण्डसम्म खोल्ने प्रयास जारी रहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । खानीखोला गाउँपालिकाले पालिका केन्द्र तालढु्गाबाट जिल्ला सदरमुकाम जोड्ने सडकखण्ड अन्तर्गत खोपासी–तालढुङ्गा सडक खुलाउने प्रयास भइरहेको अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।
बिपी राजमार्गको धुलिखेल–भकुण्डे–चौकीडाँडा र काभ्रेभञ्ज्याङ–फूलबारी–नमोबुद्ध–दाप्चा सडकखण्ड सञ्चालन भइसकेको उनले जानकारी दिए। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइते र समस्यामा परेकाहरूको अझै उद्धारको काम जारी रहेको बताए।
त्यससँगै सर्वदलीय बैठक, सहयोगी निकाय लगायतसँग बैठक बसी विभिन्न १० वटा क्लस्टर निर्माण गरी खानेपानी, स्वास्थ्य, खाद्यान्न, कृषि, बाटो, बिजुली, सञ्चारलगायत क्षेत्रमा काम गर्नका लागि आवश्यक निर्देशन दिइसकेकामा सोहीअनुसार काम अगाडि बढेको बताए। जिल्लाका पनौती नगरपालिका, रोशी गाउँपालिका, तेमाल, बेथानचोक, चौंरीदेउराली गाउँपालिका र मण्डन देउपुर नगरपालिका प्रभावितका क्षेत्र रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा
असोज १८, २०८१ शुक्रबार
नेपालगञ्जमा ऐतिहासिक रामलीला सुरु
असोज १८, २०८१ शुक्रबार
हात्तीको आक्रमणबाट माउतेको मृत्यु
असोज १८, २०८१ शुक्रबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
तीन पेट्रोलियम परियोजना निर्माण गर्न निगम र आइओसीबीच १५ अर्ब अनुदान सम्झौतामा हस्ताक्षर
असोज १७, २०८१ बिहिबार
हात्तीको आक्रमणबाट माउतेको मृत्यु
असोज १८, २०८१ शुक्रबार
दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने
असोज १८, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलेका ‘डाँफेज’ र ‘गैंडाज’ शब्दमा महासचिव पोखरेलको यस्तो टिप्पणी
असोज १८, २०८१ शुक्रबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
तुईन र फड्केले जोडियो तातोपानी नाका
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा
असोज १८, २०८१ शुक्रबार