प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार ११:५५:१८
१८ असोज, काठमाडौं । नेपाल प्रहरीमा तलदेखि माथिसम्म करिब ४ हजार दरबन्दी खाली रहेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) ले ती दरबन्दीमा बढुवा र भर्नाको प्रकृया अघि नबढाउँदा दुई महिनादेखि नेपाल प्रहरी अस्तव्यस्त बनेको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार दशैँअघि बढुवा र भर्नाको कुनै पनि प्रकृया अघि नबढ्ने भएको हो । नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनको विवरण अझै केही दिन टाढा रहेको साथै आईजीपीले गृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको दरबन्दीमा बढुवा र भर्नाको संख्या कति हो भन्ने विवरण नबुझाएकाले तत्कालै दुवै प्रकृया रोकिएको हो ।
स्रोतका अनुसार यतिबेला प्राविधिकतर्फ ५४२ र जनपदतर्फ ३ हजार ५२९ जनाको दरबन्दी खाली छ । माथिल्लो तहमा मात्रै करिब २ सय पद बढुवाका लागि रिक्त रहेको छ । एक साथ ८९ र त्यसपछि क्रमशः रिक्त रहेका दरबन्दीमा बढुवा हुन सकेको छैन । प्रहरी अस्पतालमा त झन दुई महिनादेखि एआईजी पद रिक्त रहेको छ । आईजीपी कुँवरले कोही कसैलाई बढुवा सिफारिस गरेका छैनन् ।
मुख्यालयका अनुसार २ प्राविधिकसहित ७ डीआईजी, ४ प्राविधिकसहित १७ जना एसएसपी, २ प्राविधिकसहित १९ जना एसपी, एकजना प्राविधिकसहित ४७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २९ प्राविधिकसहित ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को दरबन्दी खाली छ । उनीहरू सबैको एक महिना अघि नै बढुवा भैसक्नुपर्ने थियो । ‘आईजीपीको विदेश भ्रमण, गृहमन्त्रीलाई जानकारी नदिनु जस्ता विषयले बढुवाको प्रकृयामा रहेका अधिकृतहरूको एक महिनादेखि बढुवा रोकिएको छ, कार्यसम्पादन मूल्याङ्कनको विषय उठाएर रोकिएको हो’, स्रोतले भन्यो । स्रोतका अनुसार आईजीपीले चाहेको भए भदौको तेस्रो साता नै सबैको बढुवा निकाल्न सक्थे । तर उनको निकम्मापनका कारण प्रहरी संगठन नै निकम्मा बनाइएको छ । तलदेखि माथिसम्म चेनअफ कमाण्ड बिग्रेको र सरुवा बढुवामा समेत नेताहरूको अघि पछि लाग्नुपर्ने अवस्था आएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको विवरण अनुसार अहिले ११ प्राविधिकसहित २८ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई), ३० जना प्राविधिकसहित १०५ जना सई, ९५ जना प्राविधिकसहित ७२९ जना प्रहरी सहायक निरीक्षक (असई), ३५ जना प्राविधिकसहित १५९ जना वरिष्ठ हवल्दार, १३२ जना प्राविधिकसहित ६५ जना हवल्दार, ९७ जना प्राविधिकसहित १२३ जना सहायक हवल्दार, १०३ जना प्राविधिकसहित २ हजार ५३९ जना जवान र ४३ जना कार्यालय सहयोगीको दरबन्दी खाली रहेको छ । ती सबै दरबन्दीमा बढुवा गर्नुपर्ने अवस्था छ । यसैगरी नयाँ भर्नामा पनि ३ हजार दरबन्दी खाली रहेको छ । यसमा पनि प्रहरी प्रधान कार्यालयले प्रकृया अघि बढाएको छैन ।
प्रहरी अस्पताल दुई महिनादेखि प्रमुखविहीन छ । १० साउनमा प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर तथा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंह अवकाशमा गएकी थिइन् । १४ पुस २०७६ मा अस्पताल प्रमुख बनेकी सिंह साढे चार वर्ष जिम्मेवारी सम्हालेपछि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएकी थिइन् । उनी अवकाशमा गएपछि निमित्त प्रमुखको जिम्मेवारी डा. सुन्दरप्रसाद ह्योजुले पाएका छन् ।
प्रमुखविहीन भएको दुई महिना बित्दासम्म सरकारले एआईजी बढुवाको तयारी गरेको छैन । प्रहरी बढुवाका लागि गृह मन्त्रालयका सचिवको संयोजकत्वमा समिति रहेको छ । समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक (आईजी) सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले अस्पताल प्रमुखविहीन भएको दुई महिना बितिसक्दा समेत कसैलाई पनि बढुवाका लागि सिफारिस गरेको छैन । साउनदेखि असोजसम्म कार्य सम्पादन मूल्यांकन (कासमू) फारम भर्ने समय भएकाले बढुवा नगरिएको दावी गरेर अस्पतालमा प्रमुख रिक्त राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार