डहरे देउराली मन्दिरमा ५० केजीको घण्टी
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार १२:४९:४५
१८ असोज, वालिङ । स्याङ्जाको अर्जुचौपारी गाउँपालिका ५ आरुचौरमा रहेको बालसिद्ध मोक्षद्धारी आश्रम डहरे देउराली मन्दिरमा ५० केजीको घण्टी दान गरिएको छ । साविक आरुचौर ४ बाट बसाइसराई गरी चितवन, नवलपुर, धनगडी, बुटवल, पोखरा गएका कारिम्ले परिवारहरुबाट घटस्थापनाको अवसरमा डहरे देउराली मन्दिरलाई घण्टी दान गरेका हुन् ।
जिल्लाकै एकमात्र पबित्र धार्मिक स्थल जहाँ पुगेपछि मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास लिइँदै आएको डहरे देउरालीमा घटस्थापनाको अवसर पारेर घण्टी राखिएको सहभागी मध्येका डिल्लीराम सिग्देलले बताए ।
झण्डै २ लाख भन्दा बढी मुल्य बराबरको घण्टी डहरे देउरालीको अग्लो चुचुरोमा झुण्डाइएको उनले बताए । दर्शन गर्न आउने धार्मिक व्याक्तिहरुले भगवानको पूजाआजापछि घण्टी बजाउन सहज हुने सिग्देलले बताए । डहरे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक श्रेष्ठलाई उक्त घण्टी सहित मन्दिरको भौतिक निर्माण सहयोग गर्ने अवसर प्रदान गरेको भन्दै उक्त परिवारले धन्यवाद समेत दिएको छ ।
धार्मिक र पर्यटकीय रुपमा पहिचान बोकेको डहरे देउराली स्याङजा र पर्वत जिल्लाको सिमानामा रहेको छ । यहाँबाट हिमश्रृंखलाहरु सहित दुई दर्जन जिल्लाहरू अवलोकन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार