१ लाख २६ हजार ४३५ जनाले बिहीबार नै छोडे उपत्यका
रासस
असोज १८, २०८१ शुक्रबार १४:४२:२८
१८ असोज, काठमाडौं । दसैँका लागि संघीय राजधानी काठमाडौं छोडेर घर जानेको संख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ । नेपालीहरुको महान् चाड बडादसैँको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौँबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९, सानो मोटरसाइकलमा आठ हजार दुई सय ८४ तथा ठूलो मोटरसाइकलमा पाँच हजार तीन सय ४४ जना गरी जम्मा एक लाख २६ हजार चार सय ३५ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरुको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले विद्यालय बिदा सुरु भएको र काठमाडौँ छोडेर घर जानेको पनि भीड बढ्न थालेको भन्दै नयाँ बसपार्कमा भीड बढ्न थालेपछि सुरक्षाकर्मीको संख्या थपेको बताए ।
यात्रुहरुको भीड बढेसँगै नयाँ बसपार्कमा हेल्प डेक्स स्थापना गरी यात्रुलाई सहज रुपम यात्रा गराउन, पाकेटमारदेखि सावधान हुन तथा माइकिङ गरिन थालिएको प्रवक्ता अधिकारीले बताए । यसैगरी दसैँ मनाउनका लागि कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौँका नाकामा सवारीको चाप बढ्दै गएको प्रहरीले जनाएको छ । काठमाडौँको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यात्रुको भीड र सवारी साधनको चाप बढेपछि राजधानी काठमाडौं छिर्ने र बाहिरिने नाकामा सवारी जाम बढ्न थालेको छ । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने र घर जानेको संख्या बढ्दै गएको सुदूरपश्चिम यातायातका काठमाडौँ–धनगढी रुटका बस चालक रमित ओलीले बताए । उनका अनुसार वर्षाका कारण बाटोको अवस्था खराब छ, तैपनि घर जाने यात्रुले हाम्रा गाडी भरिभराउ हुने गरेका छन् । यात्रुका कारण निकै चहलपहल बढेको छ ।
हिजो घटस्थापनादेखि काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढेको हो । बिहीबार दिउँसो १२ बजेसम्म बस, माइक्रो, ट्रक, निजी सवारी साधान र मोटरसाइकिल गरी आठ सय २० सवारी साधन काठमाडौँबाट बाहिरिएका ती सवारी साधनमा १३ हजार पाँच सय तीन जना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
उनका अनुसार आज दिउँसो १२ बजेसम्म पाँच सय ४४ सवारी साधन काठमाडौँ भित्रिएका र त्यसमा सवार छ हजार पाँच सय ५४ यात्रु काठमाडौँ प्रवेश गरेका छन् । प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङख्या पनि अधिक रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।
दसैँका लागि यही असोज २३ गते सम्मका लागि बस काउण्टरले अग्रिम टिकट बुकिङ गरिसकेकाले यात्रुलाई अहिले सहज रुपमा टिकट पाउन मुस्किल परिरहेको काठमाडौँबाट दसँैका लागि घर जान बसपार्कमा पुगेका रोल्पाका ललित मगरले बताए । टिकट काउण्टरले २३ गतेसम्म गाडी प्याक छन् भन्छन, हामीले टिकट पाउन सकेका छैनौँ । कसरी घर जाने बाटोको अवस्था यस्तो छ । दुःख पाइने भयो, उनले भने । उनले जस्तै आज नयाँ बसपार्कमा टिकटका लागि यात्रुहरु बिहानदेखि आए पनि सहज रुपमा टिकट नपाएको भन्दै गुनासो गरीरहेका थिए ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपप्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार