अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार १४:५८:५४
१८ असोज, काठमाडौं । बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन् । आफ्नै पेस्तोलले खुट्टामा गोली लागेर घाइते भएका अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
अस्पतालबाट निस्किएपछि उनले मिडिया र फ्यानलाई हात जोडेर कृतज्ञता व्यक्त गरेका थिए । उनले भने, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु । चिकित्सक, प्रहरी, प्रशासन । मेरो लागि प्रार्थना गर्ने र धेरै माया गर्नुहुने सम्पुर्णमा धन्यवाद । म अहिले ठीक छु, सुरक्षित छु ।'
गत मंगलबार गोविन्दा मुम्बईको जुहुस्थित आफ्नै निवासमा आफ्नै लाइसेन्स रिभल्भरको गोली लागेर घाइते भएका थिए । उनलाई मंगलबारदेखि अस्पतालमा भर्ना गरिएको थियो ।
गोविन्दालाई ह्वील चेयरमा बाहिर ल्याइएको थियो । यस क्रममा उनले फ्यानलाई हाँसेर मुस्कुराउँदै भेटेका थिए । गोविन्दालाई चिकित्सकहरूले छ हप्ता आराम गर्न सल्लाह दिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमान खानको सिकिन्दरले तोड्यो शाहरुख खानको रेकर्ड
पुष १६, २०८१ मंगलबार
सन् २०२४: बलिउडमा घटेका चर्चित घटना के के हुन् ?
पुष १५, २०८१ सोमबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार