चाडपर्वलाई लक्षित गर्दै सशस्त्रको ११६ स्थानमा सहायता कक्ष
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार २०:२१:३०
१८ असोज, काठमाडौं । चाडपर्व लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय १६ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने भएको छ । जसमध्ये ६६ वटा स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको छ ।
दशैं, तिहार तथा छठपर्व लगायतका चाडवाडका वेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको हो ।
चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरु हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको हो ।
यसैगरी विभिन्न प्रयोजनले मुख्यतया १३ वटा जिल्लाबाट पर्यटकहरु प्रवेश गर्ने गरेको तथ्यलाई मनन् गरी उनीहरुको सहायताको लागि इलाम जिल्लाको पशुपतिनगर फाटक, झापाको काँकडभिट्टा, धनुषाको जटही, पर्साको बिरगंज, रुपन्देहीको बेलहिया, कपिलबस्तुको कृष्णनगर, बाँकेको जमुनाह र कञ्चनपुर जिल्लाको गड्डाचौकीमा गरी ८ ठाउँमा पर्यटक सहायता कक्ष समेत स्थापना गर्ने लक्ष्य रहेको छ ।
आमनागरिकहरु सीमा नाकाबाट आवतजावत गर्दा सुरक्षाकर्मीबाट दुःख दिने तथा अनावश्यक हैरानी दिने कार्य भएमा सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको मोवाइल नम्बर ९८५१२७२००७, सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाको मोवाइल नम्बर ९८५१२६४७११ र अनुगमन तथा गुनासो व्यवस्थापन इकाईका सशस्त्र प्रहरी नायव उपरीक्षक सुदिप रेग्मीको मोवाइलन नम्बर ९८५१२६१२०० मा सम्पर्क गर्न गरी उजुरी तथा गुनासो गर्न सकिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार