ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार २१:४२:१०
१८ असोज, दमौली (तनहुँ) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ढोरावाराही मन्दिरको विकास र प्रवर्द्धनलाई सरकारले प्राथमिकता दिने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व र यसको दीर्घकालिन विकास’ सम्बन्धी अन्तरक्रियामा उनले धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण स्थलको विकासमा सरकारले ध्यान दिइरहेको बताए ।
गण्डकी प्रदेश सरकारले दश गन्तव्यमध्ये एउटा गन्तव्य ढोरवाराहीलाई बनाएको बताउँदै मन्त्री पाण्डेले भने, “यसै वर्ष यस ठाउँको प्रोफाइल बनाउने गरी नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षण गराउनेछु । त्यसो भएको खण्डमा यस ठाउँको थप विकासमा टेवा पुग्नेछ ।”
मन्त्री पाण्डेले ढोरवाराही मन्दिरको गुरुयोजना बनाएर विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, “यस मन्दिरको धार्मिक महत्वका बारेमा हामी सबै जानकार छौ । स्थानीय, प्रदेश र सङ्घ सरकार मिलेर यसको प्रवर्द्धनमा जुट्नुपर्छ ।”
तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले ऐतिहासिक र धार्मिक महत्व बोकेको ढोरवाराहीलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा सदस्य श्यामराजा महत, पूर्वमन्त्री आशा कोइराला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले ढोरावाराहीलाई धार्मिक सांस्कृतिक गन्तव्यस्थल बनाउने गरी आवश्यक पूर्वाधार गर्नुपर्नेमा जोड दिए।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकारका तर्फबाट यस क्षेत्रको विकासका लागि आफूहरू लागिपरेको बताए । जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन लोभ्याउँँछ । ढोरवाराहीमा रहेको पोखरीमा बेला–बेला लहरी छुट्ने गर्दछ । रहस्यमी लहरीलाई धार्मिक आस्थाको रूपमा लिने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार