महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर भिड्ने
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार ७:४१:५९
१९ असोज, काठमाडौं । जारी एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस र ललितपुर क्विन्स भिड्ने भएका छन् । लिग चरणका खेल सकिएसँगै शीर्ष दुई स्थानमा रहेका कर्णाली र ललितपुर फाइनलमा भिड्ने भएका हुन् ।
गएराति सम्पन्न खेलमा कर्णालीले काठमाडौँ स्पाइकर्सलाई ३-१ को सेटमा हराएको थियो । यो जितपछि कर्णालीको ५ खेलमा १३ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै ललितपुरको ५ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ र फाइनलमा पुगेको छ । त्यसैगरी हारसँगै काठमाडौँको ५ खेलमा ९ अंक रहेको छ र तेस्रो स्थानमा रहँदै फाइनलको दौडबाट बाहिरिएको छ ।
त्यस्तै चितवन शक्तिको ५ खेलमा ७ अंकसहित चौथो स्थानमा रहेको छ र गण्डकी थण्डर्सको ५ खेलमा ६ अंक रहेको छ । त्यस्तै मधेश युनाइटेड भने पाँचै खेलमा हार बेहोरेको थियो । अब फाइनल खेल आज अपरान्ह साढे ५ बजे कर्णाली र ललितपुरबीच हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार