रिलिज अघि नै ‘भूल भुलैया ३' ले ९० प्रतिशत लागत उठायो
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार १०:१०:९
१९ असोज, काठमाडौं । कार्तिक आर्यनको अर्को फिल्म ‘भूल भुलैया ३’ रिलिज हुनुअघि नै चर्चामा छ । अनीस बज्मीले निर्देशन गरेको यो हरर कमेडी फिल्ममा विद्या बालन, तृप्ति डिमरी र माधुरी दीक्षित पनि प्रमुख भूमिकामा छन् । फिल्म दीपावलीमा रिलिज हुँदै छ ।
यसैबीच चलचित्रको बजेटको ९० प्रतिशत रिलिज अगावै असुली भइसकेको बताइएको छ । ‘भूल भुलैया ३’ ले आफ्नो लागतको ९० प्रतिशत ननथिएटर डिलबाट असुली गरेको जानकारी टी–सिरिजका प्रवक्ताले नै दिएका छन् ।
फिल्मका निर्माता भूषण कुमारले फिल्मको लागि ठूलो गैर-थिएटर सम्झौता सुरक्षित गरेका छन्, जुन कार्तिक आर्यन र 'भूल भुलैया' फ्रान्चाइजी दुवैका लागि रेकर्ड हो । टी सिरिजका प्रवक्ताका अनुसार ‘भुल भुलैया ३’ को डिजिटल, स्याटेलाइट र म्युजिक राइट्स १३५ करोड भारुमा बिक्री भएको छ । यो सम्झौताले विशेष गरी 'भूल भुलैया २' को सफलता पछि फ्रेन्चाइजको बढ्दो लोकप्रियतालाई झल्काउँछ ।
नेटफ्लिक्सले डिजिटल अधिकारहरू प्राप्त गरेको छ, जबकि सोनी नेटवर्कले स्याटेलाइट अधिकारहरू राखेको छ । योसँगै टी–सिरिजले म्युजिक राइट्स राखेको छ । एल्बममा पाँच प्रत्याशित हिट गीतहरू समावेश छन् । यो गैर-थिएटर सम्झौताले फिल्मको बजेटको ९० प्रतिशत समेट्छ । ‘भुल भुलैया ३’ बनाउन निर्माण टिमले १५० करोड रुपैयाँ खर्च गरेको छ ।
हालै भुल भुलैया ३’ को टिजर सार्वजनिक गरेपछि फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले अक्टोबरमा ट्रेलर र गीत रिलिजसँगै प्रचारप्रसारलाई तीब्रता दिने योजना बनाएका छन् । ‘भूल भुलैया ३’ को थिएटरिकल ट्रेलर अक्टोबर ६, २०२४ मा रिलिज हुने भएको छ । ट्रेलर सार्वजनिक मुम्बईमा एक भव्य कार्यक्रममा हुनेछ, जसमा सम्पूर्ण स्टार कास्टहरू उपस्थित हुनेछन्। अनीस बज्मीले निर्देशन गरेको यो फिल्म सन् २०२४ को दिपावलीको अवसरमा नोभेम्बर १ मा हलमा रिलिज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार
सोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार