खाद्यले दशैंका लागि ल्याएका खसीबोकाको मूल्य प्रतिकेजी ६७० र च्यांग्राको १२३०, भोलिदेखि बिक्री गर्ने
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार १२:५६:१७
१९ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा दशैंका लागि खसी बोका भित्र्याएको छ । कम्पनीले आइतबारदेखि किलोमा १० रुपैयाँ छुटसहित खसी, बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खसी बोका र च्याङ्ग्रालाई संस्थानको कार्यालय थापाथलीमा ल्याएको छ ।
हरेक वर्षजस्तै आइतबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गर्ने तयारी कम्पनीको छ । यस वर्षका जिउँदो खसी बोकाको मूल्य ६७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्याङ्ग्राको १२३० तोकिएको छ । यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।
शनिबार खसी बोका थापाथलीमा झारिएका हुन् । यो वर्ष एक हजारदेखि बढीमा १५ सय वटा खसी बोका र ३०० कालो च्याङ्ग्रा बेच्ने तयारी कम्पनीको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा बेच्नका लागि मकवानपुरबाट २०८ वटा खसी बोका ल्याइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार