दाङको डाँडापातुवामा घरभित्र छिर्यो माइक्रो, ६ जना घाइते
नेपालबहस संवाददाता
असोज २०, २०८१ आइतबार १०:४५:५९
२० असोज, दाङ । दाङको डाँडापातुवा एउटा माइक्रो बस घरभित्र छिरेर दुर्घटना भएको छ । ६ जना यात्रु घाइते भएका छ् । तुलसीपुरबाट आइतबार बिहान रुकुम पश्चिम हिँडेको बा.प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो बस स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको हो ।
गाडी केही भाग कोठाभित्रै छिरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए । दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन् । गाडीमा कुल ९ जना रहेको प्रहरीले जनाएको छ ।
माइक्रो चालक २५ वर्षीय कुमार सन्यासी, यात्रुहरु २४ वर्षीया कल्पना चलाउने, उनकी ८ वर्षीया छोरी निर्मला चलाउने, घर भाडामा बस्दै आएका १२ वर्षीय रणविर नेपाली, २७ वर्षीया सपना चलाउने, जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गाबहादुर विक घाइते भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार