काठमाडौं महानगरको बजार अनुगमन, कर्मकाण्डी
नेपालबहस संवाददाता
असोज २०, २०८१ आइतबार ११:२९:७
२० असोज, काठमाडौं । असोज १० गतेदेखि काठमाडौं महानगरपालिकाले दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित व्यापार व्यवसायको अनुगमन गरिरहे पनि उसको अनुगमन कर्मकाण्डी भएको उपभोक्ताहरुले आरोप लगाएका छन् ।
अनुगमन जानुअघि महानगरले व्यापार व्यवसाय गर्ने व्यक्ति÷कम्पनी÷निकायलाई जरुरी सार्वजनिक सूचना दिँदा पसलेहरुले अनुगमन भरी कसलस सामान लुकाउने र टोली फर्किए पछि फेरी बिक्री सुरु गर्ने गरेको उपभोक्ताको दावी छ ।
महानगरले सूचना जारी गर्दै खुदा तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुको सम्बन्धमा देहाय बमोजिम गर्न÷गराउन अनुरोध गरिएको छ । महानगरले मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्ने, अंकित अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्नुपर्ने, उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्नुपर्ने र खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्ने जानकारी दिएको छ ।
अनुगमनका क्रममा माथि उल्लिखित अवस्था विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगरले जनाएको छ । तर, कारवाही भएको छैन् ।
यससँगै, स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्ताहरूलाई उल्लेख गरिएको अवस्था जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्न आम उपभोक्तालाई महानगरले अनुरोध समेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार