जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार १२:९:२९
२१ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रोग्रेसिव एलाइन्सको सर्वसम्मत सदस्य निर्वाचित भएको छ । चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिखमा आयाजित प्रोग्रेसिव एलाइन्सको ग्लोबल कन्भेन्सनबाट जसपा नेपाल सदस्यमा सर्वसम्मत निर्वाचित भएको हो ।
यससँगै १९० देशका राजनीतिक पार्टीहरु सदस्य रहेको प्रोग्रेसिव एलायन्सको जसपा नेपाल सदस्य पार्टी भएको छ । प्रोग्रेसिव एलाइन्स सम्पूर्ण महादेशहरुका समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन हो ।
प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता, सामाजिक न्याय, मानव अधिकारको रक्षा, लैङ्गिक विभेद, सामाजिक आर्थिक तथा जातिय विभेद, असमानता र उत्पीडनको अन्त्य, पर्यावरणीय सुरक्षाजस्ता अवधारणाहरुका साथ प्रोग्रेसिव एलाइन्सको कन्भेन्सन सम्पन्न भएको छ । उक्त कन्भेन्सनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापाले पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार