दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी

नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार १२:५५:३३

२१ असोज, काठमाडौं । दशै नजिकिदै गर्दा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । तत्कालीन गृहमन्त्री रवि लामिछाने र उनका स्वकीय सचिव दीपक बोहोरासँगको मिलेमतोमा प्रहरी सरुवा गर्दा करोडौं उठाएको तथा चिनियाँ नागरिक पक्राउ गर्ने सूचना फुत्काएर करोडौं रुपैया असुल गरेको भन्दै केही दिन अघि उजुरी परेको हो ।
तत्कालीन एआईजी श्याम ज्ञवालीमाथि छानवीन गर्ने नाममा लेनदेन गरेको, विभिन्न वैध अवैध व्यापारमा संलग्न व्यापारीहरूसँग मोलमोलाई गरेको आरोप छ । स्रोतका अनुसार नयाँ वानेश्वरका केदार भण्डारीको नाममा उजुरी परेको छ । अख्तियारमा तथ्यसहित उजुरी परेपछि छानवीन अघि बढाइएको छ । उजुरी अख्तियारमा मात्र होइन, राज्य व्यवस्था समितिमा पनि परेको छ ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई जोगाउन भूमिका खेलेका प्रहरी महानिरीक्षक कुँवरप्रति सरकार र प्रतिपक्षी दुवै असन्तुष्ट रहेका छन् । शहरका आकर्षक तथा तराईका जिल्लाहरूमा एसपी सरुवा गर्दा लाखौं असुली गरेको आरोप पनि उनीमाथि लागेको छ । सो उजुरीमा हुण्डी कारोबारीहरु मनोज कार्की र सुवास श्रेष्ठसँग मिलेमतो गरी रकम असुल गरेको पनि आईजीपी कुँवरमाथि आरोप लागेको छ ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता सम्बन्धी प्रहरीले गरिरहेको अनुसन्धानलाई कमजोर बनाउँदै प्रमाण नष्ट गर्न ज्ञवालीले प्रमुख भूमिका निर्वाह गरेको र त्यसमा आईजीपीकै साथ रहेको प्रहरी स्रोतले जनाएको छ ।
दोस्रो पटक गृहमन्त्री भएलगत्तै लामिछानेले एआईजी ज्ञवालीलाई सहकारी ठगी प्रकरणमा प्रहरीले गरिरहेको छानविनलाई कमजोर बनाउन भूमिका खेले आईजीपी बनाइदिने प्रलोभन ज्ञवालीलाई दिइएको भएपनि आईजीपी नहुने भएपछि उनको सम्बन्ध रविसँग बिग्रदै गएको थियो । तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यले सहकारी प्रकरणमा लामिछानेको संलग्नताबारे अनुसन्धान गरिरहेकी थिइन । लामिछानेले सहकारी ठगी गरेका दर्जनौं प्रमाण प्रहरीले भेटाएको थियो । प्रहरीले लामिछानेलाई पक्राउको तयारी गरिरहेका बेला सत्ता गठबन्धन नै फेरिएको थियो । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्षसमेत रहेका लामिछाने उपप्रधान तथा गृहमन्त्री बने ।
गृहमन्त्री बन्न मरिहत्ते गरेका लामिछानेले सुरुमै सीआईबी प्रमुख बज्राचार्यलाई हटाएर ज्ञवालीलाई लगेका थिए र ज्ञवालीलाई सीआईबी प्रमुख बनाउँदा लामिछानेले भनेका थिए, सहकारीमा मलाई जोगादिनुस्, तपाईँलाई आईजीपी म बनाउँछु । गृहमन्त्रीबाटै यस्तो प्रस्ताव आएपछि सीआईबी प्रमुखको नेतृत्व पाएका ज्ञवालीले प्रहरी अनुसन्धानलाई नै ढिसमिस पारिदिए भने प्रमाणहरू पनि नष्ट गर्न सक्रिय भूमिका खेलेको चर्चा अहिले प्रहरीभित्र व्यापक छ । उनले गृहमन्त्री लामिछानेसँग मिलेर आईजीपी बसन्त कुँवरलाई नै बाइपास गरेर प्रहरी संगठन चलाउन खोजेका थिए । तर आईजीपी नै रविको सहयोगी भइदिएको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन : प्रधानमन्त्री ओली
फागुन ११, २०८१ आइतबार